बुधबार, वैशाख १२, २०८१

मानसिक रोगी कति छन् ? सरकारलाई नै थाहा छैन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- मानसिक रोगी कति र कस्तो अवस्थामा छन् भन्ने जानकारी सरकारसँग नभइरहेको बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ । 

परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक सन् १९९७ मा पहिलो पटक मानसिक रोगसम्बन्धी नीति तयार गरेको थियो । 

तर नीति कार्यान्वयन नहुँदा एवं विनाशकारी भूकम्पका असर, विपद्का घटना वृद्धि एवं तनाव आदिका कारण मानसिक रोगीको संख्या वृद्धि भैराखेको बताइन्छ । पहिलो चरणमा प्रदेश १ र २ बाट सर्वेक्षण शुरु गरिनेछ । नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सरभन्दा मानसिक रोगको सङ्ख्या बढिरहेको बताइन्छ । 

यसैबीच, सर्वेक्षणमा खटिजाने स्वास्थ्यकर्मीका लागि सोमबारदेखि एक हप्ताको तालीम शुरु भयो । तालीममा मानसिक रोग विज्ञ डा भिम्सेन्टले सहजीकरण गरेका छन् । 

हाल नेपालमा मानसिक रोगका विशेषज्ञ चिकित्सकको सङ्ख्या १४६ भन्दा बढी रहेको छैन । मानसिक रोगको अवस्थाबारे परिषद्ले दोलखा, भक्तपुर र धनुषाका एक हजार ६४७ मा हालै सम्पन्न गरेको नमूना सर्वेक्षणमा एक हजार ३१५ जनामा कुनै न कुनै मानसिक रोग भएको पाइएको थियो । 

नमूना सर्वेक्षण प्रस्तुत गर्दै परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत सुष्मा दाहालले तनाव, भूकम्पलगायत विभिन्न विपद्ले पारेका असर लगायतका कारणले मानसिक रोगीको सङ्ख्या बढेको जानकारी दिनुभयो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।