बिहीबार, वैशाख १३, २०८१

दार्चुला क्रिकेट : प्रतियोगिता ‘जय नेपाल’, टिम ‘लाल सलाम’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जय नेपाल खुला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ।

अपी चौलानी सिर्जनशील युवा क्लब, महाकाली नगरपालिका दार्चुलाको आयोजनामा पहिलोपटक जय नेपाल खुला क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा लाल सलाम क्रिकेट टिमले भाग लिएपछि रोमाञ्चक बनेको छ।

कुल १३ टिमले सहभागिता जनाएको सो प्रतियोगितामा लाल सलाम क्रिकेट टिम खलंगा दर्ता भएको छ। संयोगबस नेपाल विद्यार्थी संघ र लाल सलाम खलंगाबीच भएको क्रिकेट प्रतियोगितामा लालसलाम खलंगाले विजयी सुरुआत गरेको छ। दुई पार्टीका खेलाडीबीच भएको प्रतियोगिताले झनै राजनीति सरगर्मी तताएको थियो।

राजनीतिक रूपमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको भन्दै लालसलाम टिम राख्नुपरेको खेलाडीले बताएका छन्। प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका चार टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताअन्तर्गत सोमबार चम्तडी र मालिकार्जुन, सुसितम र समौर्ली तथा बस्कोट सुपरकिङ र महाकाली नगरपालिकाबीच हुने खेल आयोजकले जनाएको छ।

दार्चुलाका नेपाली कांग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो। 

जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टिमलाई नगद एक लाख एक हजार एक सय ११, द्वितीय टिमलाई नगद ६१ हजार एक सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै हरेक खेलका म्यान अफ द् म्याच पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन्। 

स्थानीय सरकारको सहयोगमा सञ्चालन भएको खेलमा जय नेपाल क्रिकेट प्रतियोगिता नाम राखिएको भन्दै नेकपा नेताहरुले समेत आपत्ति जनाएका छन् । नेपाली काग्रेंस र भातृ संगठनमार्फत जिल्लामा राजनीतिक दुरी बढाउन खोजेको नेकपाको आरोप छ।

आयोजकले भने जय नेपाल क्रिकेट प्रतियोगिता कांग्रेसको शुभचिन्तक भएकै कारण नराखिएको दाबी गरेको छ। क्लबका अध्यक्ष रमेश भट्टले भने, ‘अहिलेको युग सुहाउँदो र नयाँ नेपालको नारा राखिएको हो। 

यसमा पार्टीकरण भयो नभनौं। जिल्ला खेलकुद विकाससँग सम्झौता र सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिएको छ ।’ उद्घाटन सत्रमा सबै स्थानीय तह, नेकपाका नेता पनि आमन्त्रित थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।