शुक्रबार, वैशाख ७, २०८१

धादिङ र गोरखाका युवाबीच झडप, प्रहरी गम्भीर घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
​​​​धादिङ- धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झडप हुँदा प्रहरीसहित एक दर्जन युवा घाइते भएका छन् ।

आइतबार राति एकादशी मेला भर्ना गएका दुई जिल्लाका युवाबीच ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका प्रहरी समेत घाइते भएको हो ।  

झडपमा परि धादिङका असई विनयकुमार पाण्डे गम्भिर घाइते भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए। पण्डेको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको महात्तोले बताए । धादिङ र गोरखाबाट १० जनाको संख्यामा प्रहरी मेलाको सुरक्षाको लागि खटिइएको धादिङ प्रहरीले जानकारी दिएको छ। 

यस्तै झडपमा दुई पक्षका करिव एक दर्जन यूवा घाइते भएका छन् । सामान्य घाइते उनीहरु भागेका छन् । झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकलमाथी तोडफोड भएको छ। गोरखातर्फको २ वटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।