शुक्रबार, वैशाख ७, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- आज मंसिर २ गते आइतबार । दिनभर कांग्रेसको बैठक, नेकपाको पोलिटव्युरो मापदण्ड तयार भएको, मापदण्डमा माधवकुमार नेपालका माग पूरा भएको, मेयरले एकादशीमा पनि सरकारी बिदा दिएको, नेकपाका नेताको तीन पुस्ते विवरण चीनले खोज्न थालेको लगायतका समाचार बढी चर्चामा आए । दिनभर कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।

नेकपा : तयार भयो पोलिटब्युरो मापदण्ड, माधवका माग पूरा  
पार्टी एकीकरण भएको झन्डै छ महिनापछि नेकपामा पोलिटब्युरो गठन हुने भएको छ। आगामी शुक्रबार बस्ने सचिवालय बैठकले पोलिटब्युरो गठनको निर्णय गर्न लागेको एक नेताले जानकारी दिए।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भई नेकपा गठन भएको थियो । तर अहिलेसम्म पोलिटब्युरो र तल्ला कमिटी गठन हुन सकेका छैनन् ।

नेकपाका नेताको तीनपुस्ते खोज्दै चीन  
पछिल्लो समय नेपालमा चिनियाँ चासो बढिरहेको टिप्पणी नयाँ होइन। नेपाली नेताहरूको बाक्लिँदो चीन भ्रमण, नेपालको विकास निर्माणमा बढ्दो चिनियाँ सहयोग र दुई देशबीच थप सुदृढ हुँदै गएको कूटनीतिक सम्बन्धका कारण चिनियाँ चासो बढेको टिप्पणी भइरहेको देखिन्छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको सरकार गठनपछि नेपाली नेताहरूको चीन भ्रमण  बाक्लिएको छ । 

कांग्रेसको निर्णय नेविसंघले नमान्ने!
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘नेतृत्वले नेविसंघको म्याद दुई महिना थप्ने तयारी गरेको छ । अहिले अनौपचारिक छलफल पनि जारी छ । शीर्ष नेताहरुबीच वर्तमान समितिको म्याद दुई महिना थप्ने, विद्यार्थीको माग अनुसार ६ महिना पुर्‍याउने वा नयाँ तदर्थ समिति बनाउने विषयमा छलफल भइरहेको छ ।’

मेयरले घोषणा गरिदिए एकादशीमा सरकारी बिदा 
दसैं, तिहार, छठ वा अन्य चलनचल्तीका पर्वमा सरकारी बिदा दिने परम्परा त थाहा भएको हो । तर नेपालमा पहिलोपटक  हरिबोधनी एकादशीका अवसरमा सरकारी बिदा घोषणा भएको छ । केही समयपहिले २ नं प्रदेश सरकारले घोषणा गरेको सरकारी बिदा विवादमा परेको थियो। प्रदेश सरकारले बिदा घोषणा गरे पनि केन्द्र सरकारसँग अबाद्ध भएका कार्यालयहरुले बिदा दिएका थिएनन् । तर राजधानीको एक नगरपालिकाका प्रमुखले हरिबोधनी एकादशीमा नगरपालिकाभित्र सरकारी बिदा घोाषणा गरेका छन् । 

गोरखालीको खुकुरी अनलाइनमा (फोटोफिचर)
खुकुरी नेपाली वीरताको पहिचान । खुकुरीकै भरमा हाम्रा वीर सपूतले मुलुकको इतिहास रचेको सबैसामु छर्लंग छ । दैनिक जनजीवनमा नयाँ नयाँ औजारहरूको आविष्कार भए पनि हाम्रो मौलिक हतियार खुकुरीको महत्त्व घटेको छैन । नेपालको केही जातिले खुकुरी बनाउने कार्यलाई आफ्नो पुख्‍यौली पेसा बनाउँदै आएका छन् । त्यस्तै व्यावसायिक रूपमा खुकुरी बनाई बेच्ने प्रचलन पनि बढ्दो छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा परम्पराग रुपमै विभिन्न डिजाइनका खुकुरी उत्पादन गरिन्छ । पुराना गाडीको पत्ताबाट बनाइने यस्ता खुकुरीको माग स्वदेश तथा विदेशबाट भइरहेको व्यवसायी बताउँछन्।

राष्ट्रपतिलाई गाडी किन्‍न १८ करोड
राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । कसैले कांग्रेस भित्रको विवाद त कसैले भक्तपुरको रानी पोखरी ब्युँताउने प्रयास भएको, राष्ट्रपतिलाई गाडी किन्न १८ करोड रुपैयाँ दिइएको विषयलाई मुख्य समाचार बनाएका छन् । 


सिन्दूर र मंगलसूत्रमा खुलेकी दीपिका
भरखरै प्रणयसूत्रमा आबद्ध भएका दीपिका पादुकोण र रणवीर सिंहको जोडी आइतबार बिहान इटालीबाट मुम्बई फर्किएको छ । उनीहरुको स्वागतका लागि एयरपोर्टमा हजारौ शुभचिन्तकको भीड लागेको थियो । एयरपोर्टभित्र सामान्य पहिरनमा देखिएकी दीपिकाको एयरपोर्ट बाहिर आउँदा भने फरक ‘लुक्स’ मा देखा परिन् । 

मालदिभ्सका राष्ट्रपतिको सपथमा किन पुगे मोदी ?   
सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले राष्ट्रपतिका रूपमा सपथ लिएका छन्। राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले शनिबार सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो । 

मेस्सी, रोनाल्डो र नेयमारबाट के चाहन्छन एमबाप्पे ?
फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे यतिबेला निकै नै चर्चामा छन् । उनी रुस विश्वकप २०१८ मा उच्च प्रदर्शन गर्दै निकै नै चर्चामा आएका हुन् । मोनाको छँदा राम्रा खेलाडीका रुपमा देखिएका एमबाप्पे २ वर्षअघि मोनाकोबाट पिएसजी आएपछि चर्चा चुलिन थालेको थियो । तर, रुस विशवकप २०१८ पछि उनको चर्चा झनै चुलियो ।

ब्रिगेड ब्वाइजमाथि थ्रीस्टार ५-१ ले विजय
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइजलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गरेकमा हो । पहिलो हाफमा १-० ले अग्रता लिएको थ्री स्टारले दोस्रो हाफमा थप ४ गोल गर्दा, ब्रिगेड ब्वाइजले एक गोल मात्र फर्काउन सक्यो । पहिलो हाफको ८ औं मिनेटमा थ्री स्टरका रन्जित धिमालले ब्रिगेड ब्वाइजविरुद्ध अग्रता दिलाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।