बिहीबार, वैशाख १३, २०८१

‘अपराधमुक्त समाज’ नामक संस्था खोलेर ठगी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–अपराधमुक्त समाज नामक गैरसरकारी संस्था खोलेर एक व्यक्तिले सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेको रहस्य सार्वजनिक भएको छ । संस्थाका सञ्चालक अनिल मण्डलले जागिर दिने बहानामा काठमाडौंदेखि जनकपुरसम्मका सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

सञ्चालक मण्डलले संस्थामा जागिरको प्रलोभन दिएर जनकपुरदेखि काठमाडौंसम्मका व्यक्तिहरुसँग ठगी गरेको आरोप छ। पछिल्लो पटक जनकपुरको पिडाडी चोकमा अपराधमुक्त समाज निर्माण अभियानको नाउँमा कार्यालय खोलेर अपराधमुक्त समाज निर्माणका लागि संस्थाले कर्मचारी भर्ना खोलेको थियो ।

कर्मचारीलाई तालिम दिन प्रतिव्यक्ति १० हजार नगद लिएर भर्पाइ रसिद नदिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मण्डलले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘अपराधमुक्त समाज नेपाल’ नामक गैरसरकारी संस्था दर्ता गराएका छन्। अहिले जनकपुरमा शाखा कार्यालय खोलेर सर्वसाधारलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

जागिरको नाउँमा सर्वसाधारणसँग ठगी भइरहेको जानकारी पाएपछि प्रहरीले संकलित रकम तथा कागजातहरुसमेत दुई दिन अगाडी नियन्त्रणमा लिएको थियो । मण्डलले रकम लिएर भर्पाइ नदिएपछि महोत्तरी गौशालाका शत्रुध्न महतोले गुनासो गरेपछि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

मण्डलले काठमाडौंको मैतिदेवी ओरालोमा समेत कार्यालय सञ्चालन गरेका छन् । काठमाण्डौंमा समेत संस्थामा जागिर दिने प्रलोभन दिएर ७५ भन्दा बढी सर्वसाधारणसँग ठगी गरेको पीडित काँडाघारी बस्ने शशी खडकाले बताइन् । खडकाका अनुसार जागिरका लागि पुगेकाहरुसँग मण्डलले पछि फिर्ता हुनेगरी प्रतिव्यक्ति पाँच हजार नगद लिएका थिए । तर उनले कसैलाई रकम फिर्ता गरेका छैनन् ।

यसैगरी काठमाडौं कार्यालयबाट ७५ जना सर्वसाधारणलाई काम गरेवापतको तलबसमेत उपलब्ध नगराएको खडकाको भनाइ छ। जनकपुरस्थित कार्यालयमा सामाजिक परिचालक, शिक्षक र अन्य कर्मचारीका लागि सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाबाट रोजगारीका लागि आवेदन परेको प्रहरीले जनाएको छ ।

मंसिर ४ गते जनकपुरको रंगभूमि मैदानबाट प्रदेशस्तरीय अपराध मुक्त समाज निर्माण अभियानको आरंभ गरिने भन्दै मण्डलले प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका प्रमुखहरुलाई आमन्त्रण बाँडेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।