बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदको राज्य समितिमा गृहमन्त्रीले भने, यो निर्मला प्रकरणबारे जानकारी दिने ठाउँ होइन

संसदको राज्य समितिमा गृहमन्त्रीले भने, यो निर्मला प्रकरणबारे जानकारी दिने ठाउँ होइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ - निर्मला हत्या प्रकरणको पछिल्लो जानकारी माग गर्दा गृहमन्त्री रामबहादुर थापाले दिन इन्कार गरेका छन् ।  संघीय संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा समितिका सदस्यद्वय देवेन्द्रराज कडेँल र प्रेम सुवालले पन्त हत्याको पछिल्लो जानकारी माग गरेका थिए ।
 
प्रति उत्तरमा गृहमन्त्री थापाले बैठक नागरिकता ऐन संशोधन विधेयकको छलफलका लागि बोलाइएको बताउँदै निर्मला हत्या प्रकरणबारे जानकारी दिने उपयुक्त ठाउँ नभएको बताएका थिए । 

यस्तै राज्यव्यवस्था समिति सभापति शशि श्रेष्ठले निर्मलाको बलात्कार पछि भएको हत्याको विषयमा मन्त्रीसँग छलफल भइरहेको र चाडै यस विषयमा केन्द्रीत भएर छलफल गरिने बताइन् ।
१३ वर्षीया निर्मलाको हत्याभएको लामो समय बितिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । दोषीलार्इ कारबाहीको माग गर्दै अनशनमा बसेका उनका बुबाआमाको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । उनीहरु कञ्चनपुर जिल्ला प्रशासनको कार्यालय अघि अनशन बसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।