बुधबार, वैशाख ५, २०८१

नेकपा : तयार भयो पोलिटब्युरो मापदण्ड, माधवका माग पूरा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-पार्टी एकीकरण भएको झन्डै छ महिनापछि नेकपामा पोलिटब्युरो गठन हुने भएको छ। आगामी शुक्रबार बस्ने सचिवालय बैठकले पोलिटब्युरो गठनको निर्णय गर्न लागेको एक नेताले जानकारी दिए।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भई नेकपा गठन भएको थियो । तर अहिलेसम्म पोलिटब्युरो र तल्ला कमिटी गठन हुन सकेका छैनन् ।

नेतृत्वका लागि लामो समयदेखि नेताहरूबीच सहमति हुन नसकेपछि पटकपटक सचिवालय बैठक सर्दै आएको थियो। नेतृत्व चयनमा आफूखुसी गरेको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि प्रकट गर्दै फरक मत राखेका थिए।  यस विषयमा छलफल गर्न र नेताहरूको कार्य विभाजनको गृहकार्य गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल बनेको थियो। कार्यदलले सबै नेताहरूलाई मान्य हुने गरी आवश्यक प्रस्ताव तयार गरेको स्रोतले बतायो। 

पोलिटब्युरो सदस्य एक सय ४७ रहने गरी कार्यदलले प्रस्ताव तयार गरेको छ । जसमा पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य रहने सहमति छ । एकीकरण हुनुअघि तत्कालीन एमालेको ६३ सदस्यीय पोलिटब्युरो थियो । माओवादीको भने हजारभन्दा बढीको थियो। अब बन्ने पोलिटब्युरोमा तत्कालीन एमालेका पोलिटब्युरो सदस्यसहित थप १९ ले अवसर पाउनेछन् । तत्कालीन माओवादीबाट भने ठूलो संख्या कटौती गर्नुपर्नेछ। 

शुक्रबार बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने भनिए पनि त्यो पर सर्ने सम्भावना रहेको एक नेताले बताए। ती नेताका अनुसार पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने भएको छ।  

कार्यदलले तयार गरेको प्रस्तावमा स्थायी समिति सदस्यहरुलाई केन्द्रीय विभागको इन्चार्ज तोकिने भएको छ। केन्द्रमा ३२ विभाग छन् । त्यस्तै पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्दीय सदस्यलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ। 

कार्यदलले जिम्मेवारीका लागि मापदण्डसमेत तयार पारेको छ।  पार्टी एकीकरणको भावना बोक्ने गरी, वरिष्ठतालाई समेत ख्याल गरेर जिम्मेवारी दिने प्रस्ताव तयार भएको छ। यसअघि नै ४५ सदस्य स्थायी समिति र ४४१ सदस्य केन्द्रीय सदस्य गठन भइसकेको छ। पार्टीका जिल्ला, प्रदेश र जनवर्गीय संगठन पनि एकीकरण हुन बाँकी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।