बिहीबार, वैशाख १३, २०८१

ब्रिगेड ब्वाइजमाथि थ्रीस्टार ५-१ ले विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइजलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गरेकमा हो । 

पहिलो हाफमा १-० ले अग्रता लिएको थ्री स्टारले दोस्रो हाफमा थप ४ गोल गर्दा, ब्रिगेड ब्वाइजले एक गोल मात्र फर्काउन सक्यो । पहिलो हाफको ८ औं मिनेटमा थ्री स्टरका रन्जित धिमालले ब्रिगेड ब्वाइजविरुद्ध अग्रता दिलाएका थिए । 

त्यस्तै खेलको ५२ औ मिनेटमा सुनिल बलले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा थ्री स्टारका रञ्जन बिष्टले एक गोल गर्दै अग्रता ३-१ को बनाउदा, त्यसको पाँच मिनेट नबित्दै निराज खड्काले एक गोल गरे । 

खेलको इन्जुरी समयमा हेडर मार्फत बिक्रम लामाले गोल गर्दै टोलीलाई फराकिलो अन्तरले जिताए । तर, ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजका रन्जित तिवारीले टोलीलाई खेलमा फर्काउने प्रयार गरे पनि थप गोल नहुदा ब्रिगेड ब्वाइजका ५-१ ले पराजित भएको हो । 

राष्ट्रिय खेलाडीले भरिपुर्ण थ्री स्टारले निकै ने आक्रमक खेल प्रस्तुत गरेको थियो ।  आफ्नो पहिलो खेलमा फ्रान्डस क्ललाई २-१ ले पराजित गरेको थ्रीस्टारको यो लगातार दोस्रो जित हो । 

यस जितसँगै थ्रीस्टारको २ खेलमा ६ अंक भएके छ भने ब्रिगेड ब्वाइजले आफ्नो दुबै खेल गुमाएको छ । ब्रिगेड ब्वाइजल पहिलो खेल मनाङ मस्र्याङ्दीसँग ३-१ ले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।