बुधबार, वैशाख १२, २०८१

कांग्रेस बैठक बस्दै, नेविसंघबारे यस्तो निर्णय हुँदैछ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-चर्को आन्तरिक विवादबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले केहीबेरमा बस्दैछ। बैठक बस्नुअघि छलफलका एजेन्डाबारे शीर्ष नेताहरूबीच विमर्श हुँदैछ। बैठकमा प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आगामी महाधिवेशन र संघको कार्यसमितिको कार्यकाल थप, विजय गच्छदार पक्षको समायोजन, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ। 

नेविसंघको वर्तमान कार्यसमितिलाई नै केही समय निरन्तरता दिएर महाधिवेशन गर्न दिने सम्भावना छ । यस विषयका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष नजिक छन् । नेविसंघका वर्तमान अध्यक्ष नैनसिंह महर सभापति देउवा निकट हुन् भने महामन्त्री कुन्दनराज काफ्ले सिटौला निकट हुन् । म्याद थप भन्ने शब्द प्रयोग नगरीकन कार्यसमितिलाई निरन्तरता दिने स्रोतले जानकारी दियो । यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सहमत गराउने प्रयास भइरहेको छ ।

गत भदौ पहिलो साता म्याद सकिएर तीन महिना थप गरिएको संघको कार्यकाल भोलि सोमबार सकिँदैछ । संघको विधानअनुसार अब म्याद थप्न मिल्दैन । तर विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतन्त्र कांग्रेसमा विलय भएपछिको अवस्थालाई आधार मानेर र विशेष राजनीतिक निर्णय गरी म्याद थप्न सकिनेछ।

यसअघि शनिबार बोलाइएको पार्टी केन्द्रीय समितिको बैठक आन्तरिक विवादका कारण सात घन्टासम्म अवरुद्ध भएको थियो । सात घन्टाको रस्साकस्सीपछि बसेको बैठक पाँच मिनेटमै स्थगित भएको थियो । नेविसंघको महाधिवेशन र म्याद थपबारे गुटगत विवाद चर्किएपछि बैठक अवरुद्ध हुँदै आएको छ । 

पौडेल पक्षले नेवि संघको महाधिवेशनका लागि अहिलेको समितिलाई भंग गरेर योग्य व्यक्तिको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गर्नुपर्ने माग गरेका छ । त्यस्तै सिटौला पक्षले वर्तमान समितिलाई नै केही समय दिएर महाधिवेशनको मिति तोक्नुपर्ने प्रस्ताव अघि सारेको छ ।  

सभापति देउवा तथा संस्थापन पक्षले छ महिना म्याद थप्नुपर्ने प्रस्ताव राखेको छ । नेविसंघमा भर्खरै कांग्रेसको उपसभापति बनेका विजयकुमार गच्छदार समूहलाई पनि नेविसंघमा समयोजन गर्नुपर्ने, कांग्रेसको महासमिति बैठकको तयारीमा जुट्नुपर्ने, फागुनमा हुने स्ववियू निर्वाचनको तयारी लगायतका कारण तत्काल  नेविसंघको महाधिवेशन गर्न नसकिने तर्क संस्थापन पक्षको छ । 

पटकपटक सर्दै आएको कांग्रेस बैठक शनिबार पनि अवरुद्ध भएपछि नेविसंघको आगामी महाधिवेशन थप अन्योलमा परेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।