मंगलबार, वैशाख ११, २०८१

माओवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ। 

triton college

स्थायी कमिटी सदस्य गणेश शाहले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकको आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्। आजै दिउँसो ३ बजे बस्न लागेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ। सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलापछि पूर्ववत् रूपमा नै फर्किएको नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तारदेखि वडात हसम्मका संगठन निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन। 

यी विषयमा यसपटक बस्ने केन्द्रीय कमिटी बैठकले ठोस निर्णय गरेर देशव्यापी पार्टी संगठन निर्माणको अभियानलाई अघि बढाउने बताइएको छ। ‘नेता कार्यकर्ताको जिम्मेवारी तोक्नेदेखि लिएर पार्टीको संगठनलाई अघि बढाउने काम यो बीचमा अघि नबढेकाले अबको बैठकले त्यसको आवश्यक कार्ययोजना बनाएर अघि बढछ,’ एक केन्द्रीय सदस्यले भने, ‘भोलिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुहुनेछ।’ प्रचण्डको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाएर लैजाने भन्ने विषय समेटिने बताइएको छ। 

नेकपा माओवादी केन्द्रले संगठनात्मक विषयमा आवश्यक गृहकार्य गर्न स्थायी कमिटी सदस्य वर्षमान पुनको नेतृत्वमा यसअघि नै कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाइसकेको छ। नेकपा माओवादी केन्द्रले अब पार्टीको संगठन निर्माणलाई अघि बढाउने क्रममा समावेशितालाई ध्यानमा राखेर हरेक तहका कमिटीहरूमा महिला, दलित, युवा लगायतको समान सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरिसकेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै पार्टी कमिटीका बैठकहरूमा अब पार्टीलाई सुदृढ बनाएर अघि बढाउन देशव्यापी रूपमा जनस्तरमा जाने अभियान सञ्चालन गरिने बताएका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 13, 2021| 12:08 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...