बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जुम्लाका दुई स्थानीय तहमा अज्ञात समूहको आगजनी र तोडफोड

जुम्लाका दुई स्थानीय तहमा अज्ञात समूहको आगजनी र तोडफोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत–जुम्लाका दुईवटा स्थानीय तहमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएको छभने गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरिएको छ ।

नगरपालिकाको प्रांगणमा राखिएको क१झ १ नम्बरको गाडी गएराति करिव १ बजेतिर आगो लगाईएको छ । नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढाथापाले जलेको गाडी ४० लाख बराबरको भएको बताए। गाडीमा लागो लगाएको थाहापाएपछि सहयोगी बिष्णुप्रसाद न्यौपानेले स्थानीयसँग गुहार मागेर आगो निभाएकोे थापाले जानकारी दिए।

उत्ता गएरातिनै अज्ञात समूहले गुठीचौर गाउँपालिकाको कार्यालयमा पनि तोडफोड गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माका अनुसार कार्यालयमा जडान गरिएको सीसी क्यामरा तोडेर आगजनी गर्ने प्रयास गरिएको छ। दुबै घटनामा क्षतिको विवरण भने आउन बाँकी छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी भैरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।