शुक्रबार, वैशाख ७, २०८१

नक्कलीको बिगबिगीले पश्मिनाको साख ओरालो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- पश्मिना व्यवसायीहरुले नक्कली पश्मिनाको कारणले सक्कलीको व्यापारमा खस्केको बताएका छन्। पछिल्लो समय बजारमा छ्यापछ्याप्ती नक्कली पश्मिनाको बिक्री भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका छन्।

शुक्रबार नेपाल पश्मिाना उद्योग संघ(एनपीआईए) तथा नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दुर्गाविक्रम थापाले अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिनाको छुट्टै पहिचान रहेकोमा पछिल्लो समय नक्कली पश्मिना बजारमा छ्यापछ्याप्ती बिक्री भएकोले सक्कलीको व्यापार ह्वात्तै खस्केको बताएका थिए। व्यापारसँगै साख पनि गिर्दै गएको उनको भनाइ छ।

‘१५-२० वर्षअघि नेपाली पश्मिनाको निर्यात वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको थियो,’ उनले भने, ‘सन् २००२ मा आइपुग्दा निर्यात घटेर मात्र एक अर्ब रुपैयाँमा पुग्यो। अहिले बढेकोछ। गएको  आवमा बढेर तीन अर्ब रुपैयाँ पुगेको छ।’

पछिल्लो समय बढ्दै गरेको पश्मिनाको निर्यात नक्कलीको कारणले खस्किने सम्भावना रहेको र बिग्रिदै गरेको व्यवसायीहरको भनाइ छ। संघकाअनुसार च्यांग्राको १७.५ माइक्रोनभन्दा तलको भित्रि भुवा वा त्यसबाट बनेको बस्तुलाई मात्र पश्मिनाको लेबल लगाउन सकिन्छ। तर अहिले विभिन्न नाइलन, पोलिस्टर लगायतलाई पश्मिना भन्दै आँखामा छारो हाल्ने काम भइरहेको छ। उक्त समस्यालाई समाधान गर्न सरकारलाई संघले ध्यानाकर्षण गर्ने उद्देश्यले विभिन्न सचेतनाका कार्यक्रमहरु गरिरहेको जानकारी दिएको छ।


संघका पूर्वअध्यक्ष पुष्पमान श्रेष्ठले ठमेलका विभिन्न पशलहरुमा मात्रै ६० प्रतिशत पश्मिनाको व्यापार हुने गरेको बताए। बेलायतको महारानीदेखि विश्वको प्रथम महिलाको रोजाइमा पश्मिना पर्ने गरेको उनको भनाइ छ। शुरुमा नेपालबाटै पश्मिनाको ट्रेन्ड शुरु भएको दावी गर्दै उनले भने, ‘पछि मात्रै भारत र चीनले पश्मिना उत्पादन तथा प्रयोग हुन थालेको हो।’

उनकाअनुसार अझै पनि नेपालको पश्मिना ६० प्रतिशत चीनमा खपत हुन्छ। जति धेरै पर्यटकहरु मुलुकमा भित्रिन्छन्। त्यतिनै बढी पश्मिनाको बिक्री फस्टाउने उनको भनाइ छ। तर पछिल्लो समय व्यवसायीहरुले पश्मिना भन्दै नक्कलि पश्मिना बिक्री गर्नाले बजार बिगारेको उनले समते बताए। ‘जसकारण पश्मिना उद्योग तया व्यवसाय नै धरासयी बन्ने खतरा रहेको छ,’ उनले भने।

कार्यक्रममा व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्र(टीइपीसी) का कार्यकारी निर्देशक शरदबिक्रम रानाले अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिनाको माग उतिकै रहेको बताए। ‘हामीले ध्यान पुर्याएर पश्मिना व्यवसायलाई अघि बढाउने हो भने अहिले तीन अर्ब रुपैयाँ भएको ब्यापार बढाएर तीस अर्ब रुपैयाँ पुर्याउन सकिने ठाँउ छ,’ उनले भने, ‘पश्मिनाको उत्पादनमा विविधता प्रदान गर्न आवश्यक छ।’ विगतमा पश्मिनाको सल बन्थे भने अब ब्लांकेट, सुइटर लगायतका तयारी वस्तुहरु बनाउन सक्नु पर्ने, आवश्यक मेशिनहरुको प्रयोग गर्नु पर्ने उनको भनाइ छ।

त्यस्तै कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा परिक्षण सेवा दिन सकिने बताए । गलत लेबल लगाएको खण्डमा कडा कारबाही समेत गरेर सरकार अघि बढ्ने प्रतिवद्धता जनाए। 
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेदन्द्र गौचनले सरकारले नक्कलि पश्मिनाको अनुगमन गर्न सक्ने बताए। साथै नेपालमा उत्पादित वस्तुहरुको सरकारले विगतमा दिएको दुई प्रतिशत अनुदानलाई बढाएर आवश्यकताअुसार पाँच प्रतिशतसम्म दिने व्यवस्था गरेको समेत जानकारी गराए। उनले पनि नेपली पश्मिनाको निर्यातको राम्रो सम्भावना रहेको बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।