एजेन्सी- बिहिबार राति भएको युईएफए नेसन्स लिग फुटबलमा विश्वकप उपविजेता क्रोएसियाले स्पेनलाई पराजित गरेको छ । क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले स्पेनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियालाई जित दिलाउन टिन जेडभाजले दुई गोल गरे । यस्तै आन्द्रेज क्रमारिचले एक गोल गर्दा स्पेनका ड्यानीअल सेबालोस र सर्जियो रामोसले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको खेलमा पाँचवाटै दोस्रो हाफमा र्भको थियो ।
खेलको ५४ औं मिनेटमा क्रोएसियाले क्रमारिचको गोल मार्फत सुरुवाती अग्रता दिलाएका थिए । तर, ५६ औं मिनेटमा स्पेनका लागि सेबालोसले बराबरी गोल फर्काए । खेलको ६९ औं मिनेटमा जेडभाजले गोल गर्दै पुनः क्रोएसियार्ले २-१ को अग्रता लियो ।
७८ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई २-२ गोलको बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जेडभाजले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-२ को महत्वपूर्ण जित दिलाए ।
३ खेलबाट ४ अंक जोडेसँगै क्रोएसिया समूहको पुछारमा छ । पराजित स्पेन ६ अंक जोडेर शीर्ष र ४ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४