शुक्रबार, वैशाख ७, २०८१

कडा सुरक्षाकाबीच दीपिका र रणवीरको विवाह सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
निक्कै लामो समयदेखि प्रेम बन्धनमा बाँधिएको बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । निक्कै गोप्य रुपमा बुधबार कोकणी रितिरिवाज अनुसार विवाह गरेका उनीहरुले बिहीबार फेरि सिधि रिवाज अनुसार विवाह गर्दैछन्।

वैवाहिक कार्यक्रमका लागि इटालीको लेक कम्बोको भिल्ला बालबियानेलोमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । कडा सुरक्षा र निगरानीकाबीच कुनै कुरा पनि सार्वजनिक नगर्ने योजना बनाएको यो जोडीको वैवाहिक कार्यक्रमका केही भिडियो तथा फुटेज सार्वजनिक भएका छन् । 



रणवीर सिंह ह्वाइट र गोल्डेन ट्रेडिसनल आउटफिटमा थिए भने दीपिका रेड र गोल्डेन सारीमा सजिएकी थिइन् । यद्यपी लिक भएको फोटा क्लियर भने आएकौ छैन । बिहीबारको विवाह पछि भने उनीहरूले फोटो सेयर गर्ने जानकारीमा आएको छ । 

सुरक्षाको लागि मात्र एक करोड भन्दा बढी खर्च भएको थियो । त्यस्तै, उनीहरूले विवाहमा आमन्त्रित ३० गेस्टलाई पनि  कुनै प्रकारको फोटो सेयर नगर्न बताएको थिए ।  उनीहरूका मोबाइलको क्यामेरामा पनि प्लास्टिकले ब्लक गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्