शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा यसरी सुरुभयो पाँच सय भिक्षुको सामुहिक त्रिपिटक वाचन

लुम्बिनीमा यसरी सुरुभयो पाँच सय भिक्षुको सामुहिक त्रिपिटक वाचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बुद्धजन्मस्थल लुम्बिनीमा पहिलोपटक त्रिपिटकको सामूहिक पाठ सुरु भएको छ । त्रिपिटक पाठमा नेपाल, भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायतका देशबाट बौद्ध भिक्षु, लामा, भिक्षुणीगरी तीन सय र गृहस्थ उपासक उपासिकाहरू गरी करिब ५ सय जनाले सामूहिक रूपमा पाठ सुरु गरेका छन् । 

बुधबारदेखि सुरु भएको पाठ शुक्रबारसम्म चल्ने अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बताए। सामूहिक त्रिपिटक पाठ लुम्बिनीस्थित मायादेवी मन्दिरको उत्तर पुर्वको पवित्र उद्यानमा भईरहेको छ । 

कार्यक्रम अनुसार दोस्रो दिन विहीबार ८ बजेदेखि ११ बजेसम्म पाठ हुनेछ । यस सत्रको नेतृत्व महायानी सम्प्रदायका गुरुहरुले गर्नेछन् । त्यसपछि चीनियाँ तथा जापानी भिक्षुहरूको नेतृत्वको सत्र चल्ने छ । 

तेस्रो दिनमा थाइ भन्तेहरूको नेतृत्वमा पाठ हुनेछ । दिउँसो १ बजे पछिको सत्रमा नेपाली र आनीहरूले पाठको नेतृत्व लिनेछन् । तेस्रो दिनको पाठ सकिएपछि त्यहाँ पाठ कार्यक्रममा सहभागी सबैकोतर्फबाट मायादेवी मन्दिरको वरिपरी मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन् । यसका साथै दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ ।  पहिलो दिनको धर्मदेशना उपसंघनायक भिक्षु ज्ञानपूर्णिकबाट र दोस्रो दिनका लागि चोकी निमा रिम्पोछे गर्नेछन् । 



लुम्बिनीमा हुने त्रिपिटक पाठमा बुद्धले शुद्धोदन महाराजलाई देशना गरेको बिसन्तर जातक तथा शाक्य र कोलीयहरूको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गरेको महासमय सुत्र पाठ गरिने आयोजक अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बताए ।

कार्यक्रमका लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । यसमा प्रदेश सरकार लुम्बिनी विकास कोष र स्थानीय नगरपालिका तथा होटल व्यवसायी संघसंस्थाबाट पनि सहयोग हुने जनाइएको छ । आयोकजले कार्यक्रम सफल पार्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष तथा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महास्थबीरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन समेत गरेको छ । जसको धार्मिक सल्लाहकार सदस्यहरुमा भिक्षु आश्वघोष महाथेरा, भिक्षु गण पुर्निका महाथेरा, भिक्षु फ्रा धामबोधीबोंग , भिक्षु छोकी निमा रिम्बोचे रहेका छन् । 

विभिन्न देशका  ५ सय जनाले पाठ गर्ने उक्त त्रिपीटिक पाठ सुन्न ३ दिनमा स्वदेशी तथा विदेशी गरी करिब १० हजार बौद्ध धर्मालम्बी श्रोता सहभागी रहने व्यवस्थापन समन्वय समिती सचिव पन्तले जानकारी दिए । 






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।