एजेन्सी- क्रोएसियन टोलीका कप्तानसमेत रहेका प्ले मेकर लुका मोड्रिकले रियल मड्रिड यसपटक पनि च्याम्पियन्स लिग जित्न आतुर रहेको बताए छन् । उनले यसपटक पनि युरोपियन च्याम्पियन्स लिग र ला लिगाजस्ता ठूला उपाधि जित्न आफ्नो टोली आतुर रहेको बताएका हुन् ।
‘हामी सधैं सबै उपाधि जित्न चाहन्छौं । हिजो र आज पनि । अवश्य पनि, यसपटक हामी यही चाहन्छौं,’ मोड्रिकले भने, ‘हामी यसपटक पनि च्याम्पियन्स लिग र ला लिगा जित्न संघर्ष गर्छौं ।’
उनले आफूहरूको सिजनको थालनी राम्रो नभए पनि मेहनत गरेर आगामी दिनमा अवस्था सुधार्ने बताए ।
आब नयाँ प्रशिक्षकको आगमनले टोली नयाँ तरिकाले अगाडी बढ्ने समते बताए । ‘अहिले हामीसँग नयाँ कोच छन् । अवश्य पनि, उनीसँग केही योजना र सपना छन्,’ मोड्रिकले भने, ‘हामी त्यसलाई पूरा गर्न एकजुट हुनेछौं ।’
‘केहिदिन अघिसम्म हामी साँच्चै खराब समयमा थियौं । तर, अब त्यही अवस्था छैन । हामी कडा महेनत गरिरहेका छौं । र, सकेको राम्रो नतिजा बटुल्न कोसिस गरिरहेका छौं,’ मोड्रिकले थपे, ‘हाम्रो यो प्रयास सिजनको अन्तिम मिनेटसम्म पनि रहन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४