बिहीबार, वैशाख १३, २०८१

ठगी गर्ने बसलार्इ ट्राफिक प्रहरीको कारवाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । 

पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही सात सय रुपैयाँ भाडा लिएको शुभ अधिकारी ट्राभल्सले पाँच सय भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो । 

३४ जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए।

गैरपर्यटक बसमा समेत टुरिष्ट लेखेर झुक्याउने गरेको गुनासो आइरहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताए। बढी भाडा लिने बसलाई यातायात व्यवस्था विभागले तीनदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्तले बताए ।

उनले ठगी गर्ने बसका बारेमा प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गरेमा कारवाही हुने भएकाले उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरे। यसअघि यही कात्तिक ७ गते पनि शुभ अधिकारी ट्राभल्सले पर्यटक बस भनी जनही सात सय रुपैयाँ भाडा लिएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ जना यात्रुको भाडा फिर्ता गराउनुका साथै एक हजार पाँच सय रुपैयाँ जरिवाना गरेको थियो । 

पर्यटक बसको नम्बर हरियो प्लेटमा र गैरपर्यटक बसको नम्बर कालो प्लेटमा रहे पनि हतारमा रहेका यात्रुलाई झुक्याउन टुरिष्ट जनाउने गरी लेख्ने गरेकाले सोसमेत हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ । 

पोखरा रुटमा सरकारले तोकेको हालको भाडा दर चार सय २८ रुपैयाँ रहेको छ भने डिलक्स सुविधा रहेको भनी प्रमाणित गरिएका बसले २० प्रतिशत मात्रै थपेर लिन पाउने गरी तोकिएको देशभरको भाडा दर यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।