शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र मुख्यमन्त्रीको जिल्ला : तिर्खा र अँध्यारोमा बाँच्दै भोजपुरवासी

राष्ट्रपति र मुख्यमन्त्रीको जिल्ला : तिर्खा र अँध्यारोमा बाँच्दै भोजपुरवासी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- दक्षिण भोजपुरको हतुवागढी गाउँपालिकाकी तारा परियार गाउँमा सडक आउँदा अत्यन्तै खुसी थिइन् । सडकसँगै सहरी पूर्वाधार बन्ला, धारामा नियमित पानी र बिजुली बत्ती बलान् पाइने आशा थियो परियारको ।  सडक बनेपछि गाउँ गाडी भित्रियो, मधेस र सहरमा मात्रै कुद्ने अटो आयो । धुले सडकमा ती सवारीसाधन गुड्न थालेपछि गाउँमा सबैभन्दा धेरै धुलो उड्न ल्यायो । वातावरण प्रदूषित भयो । तर, धारामा पानी र बिजुली बत्ती भने आएन । 

गाउँपालिकाको वडा नम्बर ८ की दलित महिला सदस्य  परियारले धारामा नियमित पानी नआउँदा खान र कपडा धुन समस्या भएको बताइन् । उनले भनिन्, ‘बत्ती आउने कुरा धेरै भयो । काम हुन सकेको छैन ।’

जनप्रतिनिधि परियारको मात्रै हैन वडा नम्बर ४ की गृहिणी कालीमाया कार्कीका गुनासो उस्तै छ । उनको घरमा धारा छ । तर, पानी नियमित आउँदैन । पात्लेपानी धाराबाट गाग्रीमा पानी भरी डोकोमा बोक्नुपर्ने बाध्यता छ कार्कीको । कार्कीले दुःखेसो गरिन्, ‘पात्लेपानी भनेर के गर्नु ? पानी नियमित आउँदैन । ऐरेनीको मुहानबाट पानी आउनासाथ बन्द हुन्छ ।’ 

खैराङ बजारका छाया खत्रीले पसलमा सोलार जोडेको २१ वर्ष भयो । पटकपटक मर्मत र ब्याट्री फेर्दा आधा लाख सकिएको खत्रीले बताइन् । उनले भनिन्, ‘बिजुलीको पोल आयो तर बत्ती बल्ने कहिले हो कुनै टुंगो छैन ।’ 

खैराङकै सीता कुँवर खानेपानी महसुलबापत मासिक ६० रुपैयाँ तिर्छन् । धारामा पानी भने आउँदैन । स्थानीय पीपलडाँडाको सार्वजनिक धारामा पानी भर्दै गरेकी कुँवरले गाँउलेहरू पानी अभावले समस्यामा परेको बताइन् । उनले भनिन्, ‘बिहान साढे दुइ घन्टा पानी आउँथ्यो । सडकमा कुद्ने डोजर र गाडीले पाइप फुटाइदिँदा पानी बन्द हुन्छ ।’ जोगीटारको मुहानमा पैसा तिरे पनि नियमित रूपमा पानी प्रयोग गर्न नपाएको बताइन् । 

विद्यालय उमेरका बालबालिकाको बिहान पानी जम्मा गर्दै बित्ने कुँवर बताउँछिन् । उनी भन्छिन्, ‘पानी जम्मा गर्नुपर्दा बिहान घरका धेरै काम गर्नै पाइँदैन ।’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यसै क्षेत्रबाट चुनाव जितेका हुन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको जिल्ला पनि यही हो ।


गाउँपालिका अध्यक्षकै वडा अँध्यारो

हतुवागढी गाउँपालिका वडा नम्बर ४  र ८ जस्ता बिजुली नपुगेका क्षेत्रमा मात्रै होइन, बिजुली पुगेका ठाउँका बासिन्दासमेत अँध्यारोमै बस्न विवश छन् । हतुवागढी गाउँपालिकाको मुख्य कार्यालय रहेको घोडेटार बजारका स्थानीय सुन्दर श्रेष्ठ केन्द्रीय प्रसारण लाइन भरपर्दो नभएको बताउँछन् । 

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार ४, ५, ६, ७ र ८ वडामा बिजुली पुगेको छैन । आफ्नै वडामा बिजुली पुग्न नसकेको गाँउपालिका अध्यक्ष राईले बताए । उनले भने, ‘पोल गाडिसकिएको छ । १० करोड बजेटमा स्थानीयबाट एक करोड लगानी हुन सकेमा भने बिजुली आउने भनिएको छ ।’  

पछिल्लो जनगणनाअनुसार २० हजार ४ सय ४ जनसंख्या भएको गाउँपालिकाका सबै वडामा बिजुली पुर्‍याउन आफू क्रियाशील रहेको अध्यक्ष राईले बताए । 

पानी छ, व्यवस्थापन छैन

दक्षिण भोजपुरको धनकुटा र उदयपुरसँग जोडिएको हतुवागढी गाउँपालिकामा पानीको स्रोतको समस्या  नभएको अध्यक्ष राईले बताए । उनले भने, ‘हामीसँग गाउँपालिकामा पानीको समस्या छैन । राम्रो व्यवस्थापन हुन नसकेको मात्रै हो ।’




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।