बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बालाजुको होटेलमा भेटिएको बम जस्तो पोको सेनाले डिस्पोज गर्दा सर्फ र सिशा मात्रै

बालाजुको होटेलमा भेटिएको बम जस्तो पोको सेनाले डिस्पोज गर्दा सर्फ र सिशा मात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : गोंगबुको नयाँ बसपार्कस्थित  पूर्विय चन्द्रमा गेष्ट हाउसमा शंकास्पद बस्तु फेला परेपछि बम हुन सक्‍ने आश‌ंकामा सेनाको टोली खटिएको छ।

सोमबार बिहान गेष्ट हाउसको सात नम्बर कोठामा रातो कपडाले बेरेको संकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोली गेष्ट हाउस पुगेर घटनास्थलको निरीक्षण गरेको थियो। त्यो बस्तु लिन दिनभर कोही नआएपछि प्रहरीले पनि पोको खोल्न मानेन र बम पनि हुनसक्ने आशंका गर्दै  सेनाको सहयोगका लागि आग्रह गरेको थियो। 

नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेर डिस्पोज गर्दा  सर्फ र सिसाको टुक्रा मात्र भेटिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बशन्त लामाले नेपाल समयसँग बताए। प्रहरीको अनुसन्धानबाट होटेलमा बस्‍ने एकजना ग्राहकले मालिकसँगको झगडापछि सिशा र सर्फ राखेर रातो कपडाले बेरेर बमजस्तै पारेर छोडेको खुलासा भएको छ। बमजस्तो डल्लो कोठामा छोडेर फरार हुने युवको खोजी भइरहेको र उनको कल डिटेलसमेत पत्ता लागेको जानकारी प्रहरीले दिएको छ। 

बिहान ११ बजेदेखि करिब दुई घन्टा यही रातो पोकाका कारण यो क्षेत्रमा तनाव र त्रास छायो। बिहान होटेलको सात नम्बर रुम बुक गरेका एकजना युवक केही समयपछि अचानक बाहिरिएका थिए। त्यसपछि कोठामा गएर हेर्दा त्यस्तो बस्तु देखिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।