मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीका अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा छन्, सरकारले एकएक उत्तर दिनुपर्छ : गगन थापा

ओलीका अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा छन्, सरकारले एकएक उत्तर दिनुपर्छ : गगन थापा

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक लिनसमेत सरकारलाई सुझाव दिएका थिए।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दल नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराएका छन्। 

triton college

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता ओलीको अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा भएपनि उनले गरेका प्रश्न पनि प्रश्न नै भएकाले एकएक गरी उत्तर दिन सरकारलाई आग्रह गरेका हुन्। 

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक लिनसमेत सरकारलाई सुझाव दिएका थिए। 

'प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो। ईष्या थियो। रिस थियो। कुण्ठा थियो। तर पनि म भन्न चाहन्छु। प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुँदैन। प्रश्न प्रश्नै थियो। प्रश्नलाई सरकारले गम्भीरतापुर्वक लिनुपर्छ। एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ। तर गफबाट होइन। कुराबाट होइन। कामबाट दिनुपर्छ,' उनले भनेका थिए। 

०७६ साल वैशाख २४ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरेका थिए। प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो।

corrent noodles
Metro Mart

बिहीबारको बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिए। उनले विशेष समय र शून्य समयमा उठेका विषयलाई गम्भीर रुपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाव दिए। 

पूर्वप्रधानमन्त्रीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै उनले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराए।

सांसद थापाले नेपाली भूमि फिर्ता र एमसीसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी प्रश्न गरेका थिए। 

आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाईते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्तिप्रति पनि व्यंग्य गरेका थिए। 'ए घाईते योद्धाहरु सरकारले तिमीहरुको उपचार गरेन भने मेरो पार्टी कार्यालय आऊ भन्दै गर्दा कठैबरा! आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउँलान्?'

सांसद थापाले मन्त्रिपरिषद्लाई पूर्णता दिई नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गरी कोभिड महामारी फैलिन नदिने तर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए। महामारीले देखिने गरी स्वास्थ्य क्षेत्र थला परेको र गैरस्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उनले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताएका थिए। 

बाँकी उनकै शब्दमा 

मलाई विश्वास गरेर नागरिकले प्रधानमन्त्रीत्व दिएको भन्दै गर्दा मैले मनमनै आफैलाई भनिरहेको थिएँ कठैबरा राजनीतिक प्रणालीको बारेमा थाहै रहेनछ। यो प्रधानमन्त्रीय प्रणाली होइन। यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन्। माननीयले मनलाग्नेलाई सम्माननीय बनाउँछन्। यहाँ राख्छन्। मन नलाग्नेलाई उता पठाउँछन्। कहिले उता कहिले यता। जब उहाँले बोल्दै गर्दा भन्नुभयो भूमि फिर्ता कहिले आउँछ? जेष्ठ ३१ गते २०७७ सालमा सिंगो संसद उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ वर्ष, २ वर्ष, एकपक्षीय, बहुपक्षीय अनेकन वार्ता भएछ। एकपटक चुईक्क भूमिका बारेमा बोल्नुभएन। १ सय ६५ जना सांसद छ। अब एमसीसी के गर्छौ भनिरहँदै गर्दा, यसो सम्झेको उहाँसँग त कति रहेछ? २ सय ८ हुदै गर्दा के गर्नुभएको रहेछ?

'सबै भन्दा छक्क परेको कतिखेर भने। जतिखेर उहाँ यहाँ उभिएर भ्रष्टाचारको कुरा गर्नुभयो। म त झुक्किएँ। यसो हेरेको उहाँ त माननीय होइन, जतिखेर सम्माननीय हुनुहुन्थ्यो, दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने, काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानबिन गर्नको लागि बनाएको, संविधानले बनाएको निकायलाई पंगु बनाउने। विधेयकको कुरा गर्नुभयो। बनाउनुपर्ने कानुन नबनाउने, नबनाउनुपर्ने एकपछि अर्को बनाउने। बनाएर संसदतिर आयो भनेपनि बाटोमै छेकिदिने। अहिले बडो विधेयकको चिन्ता गर्नुभयो। पञ्चायतपछि पहिलो पटक सरकारमा बस्नेले शक्ति प्रर्दशन गर्‍यो सडकमा। उहाँ यहाँ उभिएर भन्नुहुन्छ,  राज्य सञ्चालन गर्दा अपनाउन पर्ने सबै खालको संयमता र अनुशासनप्रति म सजग थिएँ। प्रतिपक्षसँग संवाद र सहमतिको सम्पूर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संबैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले सम्झे । गठबन्धनको संस्कृति भित्रियो। कत्रो चिन्ता भएको? जताततै गठबन्धन मेरै अहंकारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला?

प्रकाशित: Aug 12, 2021| 20:04 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...