बिहीबार, वैशाख १३, २०८१

मनिषाको 'क्यान्सर संघर्ष' को पुस्तक डिसेम्बर १५ मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चर्चित कलाकार मनिषा कोइरालाले क्यान्सरसँग गरेको संघर्षको संस्मरणसहितको पुस्तक तयार गरेकी छिन्। उनले निलम कुमारसँगको सहकार्यमा पुस्तक प्रकाशन गर्न लागेकी हुन्।

शनिबार मनिषाले आफ्ने पुस्तक डिसेम्बर १५ मा सार्वजनिक हुने जानकारी  ट्‌वीटरमार्फत दिएकी छिन्। पुस्तकको मूल्य भारु ३४७ रुपैयाँ रहेको छ। 

मनिषाले  पुस्तकको नाम ‘हिल्ड: हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ राखेकी छन्। अंग्रेजी भाषाको पुस्तक भारतको पेन्गुइन प्रकाशनले बजारमा ल्यउन लाागेको हो । 

पाठेघर क्यान्सरको उपचार गराएकी कोइरालाको स्वास्थ्य अहिले सामान्य छ। क्यान्सर प्रभावित बिरामीका लागि यो पुस्तक धेरै नै प्रेरणादायी हुने बताइएको छ। क्यान्सरसँग लड्ने 

क्यान्सर लागेको थाहा पाएपछि बिरामी कुन मनोविज्ञानबाट गुज्रिरहेको हुन्छ भन्‍ने बारेमा उनले लेखेकी छिन्। डाक्टरले क्यान्सर लागेको जानकारी दिएदेखि निको हुँदासम्मका विभिन्‍न चरणमा भोग्‍नुपरेका सकस र त्यसलाई सहन साहस र सकारात्मक सोचबारे उनले लेखेकी छिन्।

क्यान्सरसँग लड्नका लागि उपचारभन्दा पनि प्रभावित व्यक्तिको सोच र  जीवनशैलीमा पनि धेरै कुरा निर्भर हुने मनिषाले बताउँदै आएकी छिन्। सकारात्मक सोच र स्वस्थ जीवनशैली अपनाउन सकेमा क्यान्सरबाट मुक्ति पाउन सकिने मनिषाको विश्‍वास छ। 

पछिल्लो समय मनिषा क्यान्सरविरुद्ध सचेतना अभियानमा समेत सक्रिय रहँदै आएकी छिन्। मनिषालाई पुस्तक लेख्‍न सघाउने  निलम कुमारका आठ पुस्तक सार्वजनिक भइसकेका छन् । उनी भारतकी बेस्ट सेलर लेखक हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्