शनिबार, वैशाख ८, २०८१

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

शिक्षा मन्त्रालय तत्काल भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। कोभिड–१९ संक्रमण तीव्र रूपमा बढ्न थालेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएपछि मन्त्रालय विकल्पको खोजीमा जुटेको छ।
 |  शुक्रबार, साउन २९, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– शिक्षा मन्त्रालय तत्काल भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। कोभिड–१९ संक्रमण तीव्र रूपमा बढ्न थालेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएपछि मन्त्रालय विकल्पको खोजीमा जुटेको छ। 

triton college

मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. तुलसी थपलियाले तत्काल विद्यालय खोल्ने अवस्था नरहेकाले विकल्पको खोजी भइरहेको जानकारी दिए। उनले भने,  ‘हामीले विद्यालय सञ्चालनका विषयमा विकल्पको खोजी गरिरहेका छौं। यसमा मन्त्रालयले चाहेर मात्रै हुँदैन। स्थानीय तहले अग्रसरता देखाउनुपर्छ।’ 

विद्यार्थीलाई विद्यालयमा बोलाएर कक्षा, सिफ्ट र बारअनुसार सञ्चालन गर्न पनि सकिने विकल्पमा छलफल भइरहेको थपलियाले बताए। कोरोना महामारीको दोस्रो लहर फैलिएपछि गत वैशाख २६ देखि देशभर निषेध आदेश जारी गरिएको थियो। संक्रमण कम भएका ठाउँमा जनजीवन सामान्य भए पनि विद्यालय भने खुलेका छैनन्। विद्यालय नखुल्दा विद्यार्थी अनलाइन शिक्षाको भरमा अध्ययनरत छन्।

थपलियाले भने, ‘यस विषयमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पनि स्थानीय तह र जिल्ला शिक्षा एकाइँसँग समन्वय गर्नुपर्छ।’  

संक्रमण बढी भएका ठाउँमा विद्यालय खोल्न नसकिए पनि संक्रमण कम भएका वा नभएका ग्रामीण भूभागका विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन्। थपलियाले भने, ‘अहिले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न नसकिने तर कोभिड १९को संक्रमण नदेखिएका ठाउँका विद्यालयमा विद्यार्थीलाई बोलाएर सामाजिक दुरी कायम गरेर कक्षा सञ्चालन गर्न सकिन्छ।’

corrent noodles
Metro Mart
सहरी क्षेत्रमा ‘भर्चुअल’ विधिबाट जारी पठनपाठन केही प्रभावकारी भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन सकेको छै्रन। विद्यालयमा आउन नसकिने अवस्था भएका ठाउँमा पनि शिक्षकलाई गाउँमै खटाएर पठनपाठनलाई निरन्तरता दिन सकिने मन्त्रालयका अधिकारी बताउँछन्।

सरकारले १ सयभन्दा कम विद्यार्थी भएका १५ हजार विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने गरी योजना बनाएको छ। स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था सञ्चालन गर्न गर्दा जोखिम बढ्ने भएकाले तत्काल विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ। त्यसैले शिक्षा मन्त्रालय वैकल्पिक उपाय अपनाएर भए पनि विद्यालय सञ्चालन गर्न अघि बढेको हो। 

स्वास्थ्य मन्त्रालयले भने कोरोनाविरुद्धको खोप नलगाई विद्यालयमा पठनपाठन सुरु नगर्ने तयारी गरेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभा बैठकमा भने, ‘बन्द विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न विद्यार्थीलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडि बढाइएको छ।’ उनले शैक्षिक क्रियाकलापको निरन्तरतताका लागि विद्यार्थीलाई खोप उपलब्ध गराउने तयारी गरिएको बताए। उनले भने, ‘यसका लागि किशोरकिशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडि बढाइएको छ।’

विद्यालय खोल्ने वा वैकल्पिक विधि अपनाउने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विभिन्न विश्वविद्यालय, अभिभावक महासंघ, निजी विद्यालय तथा सशस्त्र, नेपाल प्रहरीका प्रतिनिधि र शिक्षाविद्सँग यस अघि छलफल भएको थियो। छलफलमा विद्यालय सञ्चालन गर्न तत्काल अवस्था नभएकाले वैकल्पिक विधि अपनाउने निष्कर्ष निकालिएको थियो। तर, वैकल्पिक विधि अपनाउने विषयमा स्थानीय तह र विद्यालयलाई सक्षम बनाउन नसकिएकाले समस्या उत्पन्न भएको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन्। 

शैक्षिक संस्था बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले भौगोलिक परिस्थति र संक्रमणको अवस्था हेरेर स्थानीय निकायलाई नै शैक्षिक संस्था खोल्ने विषयमा निणर्यको अधिकार दिनुपर्ने राय विज्ञको छ।

प्रकाशित: Aug 13, 2021| 06:55 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्