मंगलबार, वैशाख ४, २०८१

पारसको अर्धसतकले पोखरालाई १६१ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

पोखरा- चितवन राइनोजका कप्तान पारस खड्काको अर्धसतकको मद्दतले चितवनले शरद भेषवाकरको पोखरा पल्टनलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो । 

चितवनका लागि पारसले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए । उनले ३७ बल खेल्दै ९ चौका प्रहार गरेर ५१ रन जोडेका थिए । दोस्रो ओभरमा टिमको ९ रन हुदा हरिशंकर साहलाई गुमाएको चितवनका लागि पारसले अनिल साहसँग ७६ रनको साझेदारी गरेका थिए । 

उनी रसिद खानको ओभरमा रन आउट भएका थिए । त्यस्तै विदेशी खेलाडी सन्नी पटेलले ४३ नर जोडे । उनले २१ बल खेल्दै तीन चौका र चार छक्काको मद्दतमा ४३ रन जोडेका थिए । चितवनका अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ सेखले १४ रन जाडे । 

पोखराका लागि कृष्ण कार्कीले दुई विकेट लिदाँ, नाभिद र ललित राजवंशीले समान एक एक विकेट लिए । पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्ने छ । विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।