काठमाडौं- डोल्पामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुई गम्भीर घाइते भएका छन् ।
सदरमुकाम दुनैबाट सुपानेतर्फ जाँदै गरेको भे१च १६१० नम्बरको जीप ठूलो भेरी नगरपालिका ९ स्थित सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका सात पुरुष र तीन महिला भएपनि उनीहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनास्थलबाट एक जनप्रतिनिधि र जीपका सहचालकलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक अवदेश विष्टले नेपाल समयलाई जानकारी दिए ।
घाइते दुवै जनालाई उपचारका लागि दुनै अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त जीप नदीमा डुबेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४