इटहरीः नेपाल प्रेस युनियन सुनसरीको एक बर्षे अध्यक्षमा पत्रकार धनबहादुर पुरी चयन भएका छन । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सुनसरीको आठौं जिल्ला अधिबेसनले आलोपालो प्रणालीमा जाने निर्णय गरेपछि पहिलो चरणको लागी पुरी अध्यक्ष चुनिएका छन ।
प्रेस युनियनको चार बर्षे कार्यकालमा एक बर्ष पुरी र तीन बर्ष पत्रकार पवन अधिकारी हुने सर्बसम्मत निर्णय भएको छ । प्रेस युनियन सुनसरीका निबर्तमान अध्यक्ष गणेश निरौलाले अध्यक्षमा आलोपालो भएपनि बाँकी सबै यथावत हुने बताए ।
नवगठित युनियन समितिमा आठौँ अधिबेसनले उपाध्यक्षमा संजिब वाग्ले र रन्जना पौडेललाइ चयन गरेको छ । सचिवमामा निशाल चौधरी चयन गरेको युनियनले सहसचिवमा भने क्रमशः सुप्रिया राई र उषाकिरण घिमिरेलाइ चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा मिकाइल आलम चयन भएका छन । सदस्यहरुमा विवेक रेग्मी, जीवन फुयाँल, सम्राट थापा, जितेन्द्र शाह, नविन पाण्डे, बिरेन्द्र शाह भएका छन । महिला सदस्यहरुमा क्रमशः कृष्णकला राई, सुस्मिता राई, सपना राई र श्वेता सर्मा रहेका छन । अल्पसंख्यक कोटाको सदस्यमा भने निश्चल शर्मा चयन भएका छन ।
प्रदेश १ का तीन जिल्लामा प्रेस युनियनमा आलोपालो
आइतबार सम्पन्न नेपाल प्रेस युनियन सुनसरी समिति मात्रै हैन अन्य जिल्लामा पनि आलोपालो प्रणाली लागु गरिएको छ । नेपाल प्रेस युनियन मोरङ र पाँचथरमा यस अगाडि नै आलोपालो प्रणाली लागु भइसकेको छ ।
मोरङमा पहिलो दुई बर्षको अध्यक्षको लागी पत्रकार कुमार लुइटेल चयन भएका छन भने बाँकि दुइ बर्ष पत्रकार भोजराज बस्नेतले अध्यक्षता गर्ने लिखित सहमति भएको छ । युनियन मोरङको आठौँ अधिबेसन असोज १२ गते पत्रकार लुइटेललाइ अध्यक्ष चयन गरेको थियो ।
यस्तैगरि, पाँचथरमा पनि पहिलो दुइ बर्षको अध्यक्षको लागी पत्रकार भिम बाँस्कोटा चयन भएका छन । बास्कोटाको दुइ बर्षे कार्यकालपछिको बाँकी दुइ बर्ष पत्रकार जितेन्द्र भण्डारी हुनेछन । असोज ५ गते भएको पाँचौ अधिबेसनले दुई–दुई बर्ष कार्यकाल चलाउने मौखिक सहमति भएको अध्यक्ष बास्कोटाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४