बिहीबार, वैशाख १३, २०८१

महासमिति सार्न कांग्रेसको बैठक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौमा हुने पार्टीको महासमिति बैठक सर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्य समितिको एक महिनापछि मंगलबार बस्न लागेको बैठकले महासमिति बैठक सार्ने औपचारिक निर्णय गर्ने भएको हो। बैठकले महासमिति बैठकको मिति नजिकै आएको तर पेश गर्नु पर्ने प्रस्तावहरुको बिषयमा छलफल गर्न समय नपुग्ने भएकोले महासमिति बैठक सार्ने निर्णय हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जनाए। 

बैठकमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेश हुन सक्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्य समितिको ७ भदौको बैठकले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो।

एक महिनाअघि २१ असोजमा बसेको केन्द्रीय कार्य समिति बैठकले नेपाल विद्यार्थी संघले पेश गरेको विधान पारित नगरी पार्टीमा सहमहामन्त्री डा. महतले पेश गरेको नेविसंघ विधानको आंशिक भाग मात्र पारित गरेको थियो।

नेविसंघ विधानको मस्यौदा आफूहरुले अध्ययन नै गर्न नपाई पारित गरिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले नोट अफ डिसेन्ट लेखेपछि केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालसम्म स्थगित थियो। 

केन्द्रीय कार्यसमिति बैठक २५ असोजमा बोलाइ पनि असन्तुष्ट नेताहरु उपस्थित नहुने बताएपछि अर्को बैठकको तिथि तोकिएको थिएन। 

मंगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको विधानको छलफल गर्ने एजेण्डा भने राखिएको छैन्। नेविसंघको ११ औं महाधिवेशन १६ कात्तिकदेखि हुने भनी कांग्रेस केन्द्रीय कार्य समितिले घोषणा गरेको थियो। तर त्यो सम्बन्धमा पार्टीले कुनै जानकारी अहिलेसम्म दिएको छैन् । २ भदौमा सकिएको नेविसंघको २ वर्षे कार्यकाल पार्टीले तीन महिना थप गरेको थियो। 

३ मंसिरमा कार्यकाल सकिने नैनसिंह महर नेतृत्वको नेविसंघको बिषयमा के गर्ने भन्ने बिषय अन्यौल नै छ। अघिल्लो केन्द्रीय कार्य समिति बैठकमा नोट अफ डिसेन्ट लेख्ने नेता पौडेल पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले भने मंगलबारको बैठकमा भाग लिने भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।