बिहीबार, वैशाख १३, २०८१

वडा हाकिमको मुकाम जलेश्वर किन अविकसित ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरबाट १३/१४ किलोमिटर दक्षिणमा पर्छ जलेश्वर । महोत्तरी जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर जलेश्वरनाथ नगरपालिकाको नामले पनि चिनिन्छ । प्रसिद्ध जलेश्वरनाथ मन्दिरको नाममा नगरपालिकाको नामकरण भएको हो । 

धनुषा-महोत्तरीको प्रमुख नाका पनि जलेश्वरमै पर्छ । भारतबाट पेट्रोलियम पदार्थ, लत्ताकपडा, खाद्यान्न जलेश्वरको मलिवारास्थित भन्सार हुँदै जनकपुर प्रवेश हुने गरेको छ । विगतमा महोत्तरीसहित धनुषा र सर्लाहीको प्रशासनिक केन्द्र जलेश्वरमै थियो ।

राणाकालदेखि छुट्टै पहिचान बोकेको जलेश्वर सहर भौतिक विकासमा निकै पछाडि छ । राणा शासन अन्त्य भइसकेपछि बडा हाकिमको मुकाम थियो  जलेश्वर । बडा हाकिमको व्यवस्था अन्त्य भएपछि जनकपुर अञ्चलका अञ्चलाधीश जलेश्वरमै बस्थे । तर भौतिक विकासमा यो नगर निकै पछाडि छ ।

मुलुकमा पटकपटक भएको लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको छ जलेश्वरले । मधेस आन्दोलनका क्रममा जलेश्वरमा पाँचजना सहिद भएका थिए । तर पछिल्लो ३० वर्षको अन्तरालमा जलेश्वरको स्वरूप खासै परिवर्तन हुन सकेको छैन् ।

सहरका सडकहरु अझै साँगुरा छन्, पक्की सडक त बिरलै देख्न पाइन्छ । ढल र नाला निर्माणले पनि गति लिएको देखिँदैन । विकासका नाममा पुराना फुस र खपडाका घर भएको ठाउँमा पक्की घर बनेका छन् । अधिकांश सरकारी कार्यालयहरु पनि वर्षौं पुराना घरहरुमै सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय पनि पुरानो राणाकालीन काठको दुईतले घरमा जेनतेन चलेको छ । 

जलेश्वर नगरपालिका भएको चार दशक पुगिसक्यो । नगरपालिकासँग सरसफाइका लागि एउटा ट्रयाक्टर र दुईटा टिपर मात्र छ । विगतमा रहेको अञ्चल अस्पताल त्यहाँबाट हटेको छ । जिल्ला अस्पतालको अवस्था स्वास्थ्य चौकीभन्दा पनि दयनीय छ । 

जलेश्वर विकसित नहुनुमा स्थानीयवासी, नगरपालिकाका साथै सम्पूर्ण सरोकारबला निकायहरु दोषी रहेको बताउँछन् महोत्तरीका वरिष्ठ पत्रकार दशरथ भण्डारी । जलेश्वर विकसित गर्न स्थानीयदेखि स्थानीय तहसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ ।

‘यहाँका रैथानेहरुको विकासप्रति नकारात्मक सोच छ,’ भण्डारीले भने, ‘विकास गर्न विनाश हुन्छ, केही त्याग गर्नुपर्दछ । यस्तो भावना जागृत भएको छैन ।’

पञ्चायतकालमा तत्कालीन नगरप्रमुख बालकृष्ण ढकालले हिम्मत गरेर सडक फराकिलो बनाउन प्रयास गरे पनि यहाँका स्थानीयका कारण उनले मुद्दा झेल्नुपरेको भण्डारीले जानकारी दिए ।

‘जलेश्वरनाथ मन्दिर भएको ठाउँलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पर्याप्त सम्भावना छन्,’ भण्डारीले नेपाल समयसँग भने,‘ यहाँको विकासका लागि नगरपालिकाले पनि प्रभावकारी भूमिका खेल्न सकेको छैन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।