बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘केन्द्र र प्रदेश मिलेर सर्लाही घटनाको अपराधी जोगाउन खोज्यो’

‘केन्द्र र प्रदेश मिलेर सर्लाही घटनाको अपराधी जोगाउन खोज्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकार र प्रदेश सरकार मिलेर सर्लाही घटनाका अपराधीलाई जोगाउन खोजेको आरोप लगाएका छन् ।

सर्लाहीमा नेकपा कार्यकर्ताले गोली हानी रामविलास महतोको हत्या गरेको घटनामा प्रदेश सरकार केहि नबोल्नु अपराधी जोगाउन संघीय सरकारसँग उसको मिलोमतो रहेको निधिले बताए ।

‘सर्लाही घटनाका अपराधीहरुको पहिचान भइसकेको छ,’ शनिबार जनकपुरमा जनकपुर युथ क्लबको नवनिर्मित भवन उद्घाटन गर्दै निधिले भने,‘सर्लाही प्रदेश २ कै जिल्ला हो । तर, प्रदेश सरकारले केहि बोलेको छैन् । दुबै सरकार मिलेर अपराधी जोगाउँदै छ ।’

संघीय व्यवस्थामा शान्ति सुरक्षाको अधिकार प्रदेश सरकारमा निहीत हुन्छ भन्दै उपसभापति निधिले आफ्नो मातहतमा प्रहरी आउन नदिनेविरुद्ध समेत प्रदेश सरकारले केही बोल्न सकेको छैन् ।

‘संघीयतामा हरेक प्रदेशको आफ्नो प्रहरी, कर्मचारी, प्रशासन हुन्छ,’ उनले भने,‘संघीय व्यवस्थाको सिद्धान्त अनुसार नेपाली कांग्रेसले प्रहरी ऐनको पक्षमा प्रदेश सरकारलाई सहयोग गरेको छ । तर ऐनको विरोध गर्ने दलको सरकारमा प्रदेश २ मा नेतृत्व गर्ने सरकारको पार्टी सहभागी छ ।’

निधिले मधेश केन्द्रित दलहरु कम्युनिस्टको जालमा फस्दै गएको टिप्पणी गरे । नेपाली कांग्रेसले संविधान संशोधनको एजेन्डा अगाडी बढाएपनि संघीय सरकारमा सहभागी भएर पनि संशोधनको एजेन्डा अगाडी बढ्न नसकेको निधिले बताए । 

उपसभापति निधिले मधेश झापादेखि कञ्चनपुरसम्म रहेको भन्दै प्रदेश २ को नामाकारण ‘मिथिला प्रदेश’ गर्नुपर्ने धारणा राखे ।

महासमिति बैठक मंसिरमै हुने

कांग्रेस उपसभापति निधिले पार्टीको महासमिति बैठक मंसिर महिनामै हुने निश्चित रहेको भन्दै ढुक्क रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले शनिबार जनकपुरमा आयोजना गरेको विस्तारित बैठक र शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै निधिले महासमिति बैठक कुनै हालतमा मंसिर महिनामै हुने बताए ।

संस्थापन पक्ष महासमिति बैठक टार्न खोजेको आरोपमा कुनै सत्यता नरहेको भन्दै निधिले भने,‘पार्टी सभापतिले महासमिति बैठक टार्न खोज्नु भएको हल्ला निराधार छ । यसमा कुनै सत्यता छैन् । बैठक मंसिर महिनामै हुन्छ ।’

उनले भने,‘केही प्राविधिक समस्याका कारण दुई/चारदिन बैठकको मिति तलमाथि हुनसक्छ । तर बैठक तोकिएकै महिनामा हुन्छ,।’ कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा महासमिति बैठकको तयारी गरेको छ ।

महासमितिमा प्रस्तुत हुने विधान र राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पारित हुन नसकेको र आगामी २० कार्तिकमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने तैयारी रहेको निधिले जानकारी दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।