भैरहवा -नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व दिनप्रतिदिन बढ्दै गएकाले प्राथमिकताका साथ निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन् ।
विमानस्थल निर्माण कार्यको निरीक्षण गर्दै प्रचण्डले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रिय गौरबको आयोजनाको काम समयमै र गुणस्तरीय बनाउन निर्देशन पनि दिए। ‘गौरवका आयोजनाहरु समयमै नहुने, गुणस्तरीय नहुने र आन्तरिक किचलो हुनेहुँदा देशभरका आयोजनाममा बेला बेला समस्या देखिएको देखिएका छन् । यस्तो समस्या गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नहोस्’, प्रचण्डले भने, ‘समयमै काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने व्यवसायी तथा आयोजना प्रमुखलाई प्रोत्साहनका गर्नेछ । समयमै काम गर्नेलाई हामी सम्मान गछौं ।’
भैरहवा विमानस्थल निर्माणको कार्य सन्तोष जनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने उनको भनाई थियो । सो अवसरमा आयोजनाका राष्ट्रिय गौरबको आयोजनाका निर्देशक प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पादैं ५५ प्रतिशत काम सम्पन्न भएको बताएका थिए ।
कार्यक्रममा भैरहवामा निर्माणाधीन विमानस्थल शून्य भिजिबिलिटिमा समेत उडान भर्नेगरी तयारी गरिएको क्यानका महानिर्देशक सन्जिब गौतमले जानकारी दिए । सन् २०१९ देखि यो विमानस्थलबाट वाइडबडी जहाजले उडान भर्ने पनि गौतमले बताए ।
दाहालसंगै नेकपा महासचिब विष्णु पौडेल, कृर्षी मन्त्री चन्द्रप्रकाश खनाल, पुर्वमन्त्री टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा , पुर्वसभामुख ओनसरी घर्तिसहित, प्रदेश सरकारका मन्त्री भैरहवा आएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४