बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रामविलास हत्याको विरोधमा आइतबार कांग्रेसले सर्लाही बन्द गर्ने

रामविलास हत्याको विरोधमा आइतबार कांग्रेसले सर्लाही बन्द गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसले आफ्नो कार्यकर्ता हत्याको विरोधमा आइतबार सर्लाही बन्दको घोषणा गरेको छ। 

नेकपा कार्यकर्ताले गोली हानी आफ्नो कार्यकर्ता रामविलास महताको हत्या गरेको भन्दै सर्लाही कांग्रेसले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आमहडतालको घोषणा गरेको हो।

शुक्रबार बसेको नेपाली कांग्रेस सर्लाहीको विस्तारित बैठकले शनिबार साँझ जिल्लाभरका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा मशाल जुलुश प्रर्दशन र आइतबार आमहड्ताल गर्ने निर्णय गरेको सांसद अमरेशकुमार सिंहले जानकारी दिए।

यसैगरी आमहड्तालकै क्रममा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पूर्वपश्चित राजमार्गको लालबन्दीमा एक घण्टा चक्का जाम गर्ने निर्णयसमेत भएको उनले बताए । उनले आन्दोलनका थप कार्यक्रमबारे आइतबार साँझ निर्णय गरिने जानकारी दिए।

रामविलासमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसक्दा समेत प्रहरीले कुनै कारवाही गर्न नसकेपछि बाध्य भएर आमहड्तालको घोषणा गर्नुपरेको सांसद सिंहको भनाइ छ । घटनाको चारदिन बितिसके पनि सरकारको तर्फबाट अझै कुनै पहल नभएका उनको आरोप छ।

कांग्रेसले मृतक रामविलासलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र दोषीमाथि कारवाहीको माग अघि सारेको छ।

गत मंगलबार बिहान नेकपा कार्यकर्तासँगको झडपमा गोली लागी रामविलास महतोको मृत्यु भएको थियो भने गोलीको छर्रा लागेर अन्य चारजना घाइते भएका छन्। सरकारले माग सम्बोधन नगरेको भन्दै कांग्रेसले रामविलासको शव बुझ्न मानेको छैन् । उनको शव अझै मलंगवा अस्पतालमा राखिएको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।