शुक्रबार, वैशाख १४, २०८१

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर–‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ यो नारा बिहीबारदेखि जावलाखेलमा जारी १२ औ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीको हो। फूलहरुको चार्ड तिहारको पूर्वसन्ध्यामा आयोजित यो प्रदर्शनीमा उपत्यकामा सञ्चालित नर्सरीहरुले उत्पादन गरेका फूलहरु प्रदर्शनमा राखेका छन्। 

प्रतियोगितास्थल पुग्दा जो कोहीले स्वर्गीय आनन्द प्राप्त गर्दछ, त्यसको कारण हो, प्रदर्शनीमा राखिएका सुन्दर फूलहरु । कात्र्तिक १५ गतेदेखि १८ गरी चारदिनसम्म चल्ने प्रदर्शनीमा गोदावरीका ४५ प्रजातीसहित चार सय ५० बढी जातका फूलहरु राखिएको छ । 

मेलामा व्यवसायिक स्टल ४२ वटा, सुचनात्मक तीन र गोदावरी फुलको प्रतिस्पर्धा स्टल १ गरी जम्मा ४८ वटा स्टल छन् । प्रदर्शनीको प्रदेश तीनका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । 

प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरीको विभिन्न प्रजातिको आधारमा गरेको थियो ।  स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेसिभ र कट् फ्लावर गरी ५ प्रजातिका विधामा प्रतियोगिता भएको थियो ।  प्रतियोगितामा सम्झना नर्सरी उत्कृष्ट भयो ।  

दोस्रो स्थान टीटी आर नर्सरीले हासिल गरेको थियो, भने अजिमा नर्सरीले तेस्रो स्थान प्राप्त गरेको थियो । विजेतालाई भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पुरस्कार, शिल्ड तथा नगदले पुरस्कृत गरेको थिए ।

रिफ्लेक्सन, स्पाइंडर प्रजाति तर्फको विजेता पनि सम्झना नर्सरी भएको थियो । मिनियचर गोदावरीमा मिलन नर्सरीले पुरस्कार हात पारेको छ ।  ‘ए एस कट फ्लावर नर्सरी’ले उत्कृष्ट कट फ्लावर गोदावरीमा  जितेको छ ।  

मेलामा गोदावरी बाहेक अन्य मौसमी फूल, आलैकारीक, बोट- विरूवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फुलका गानो, बीउ विजन, औजर उपकरणर विषादीको पनि प्रदर्शनी तथा बिक्री रहेको छ । सिजनका सयपत्री, मखमली र अन्य सिजनल फूलहरू छन् ।

मेलामा करिब ४५ लाखको कारेबार हुने अनुमान गरिएको छ ।  मेलामा ३६ हजार प्रत्यक्ष अवलोकनकर्मी हुनेछन् कार्यक्रमका आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले गरेको हो । यस कार्यक्रममा व्यवसायीक स्टलहरू ४४ वटा छन् ।   

सन् २०११ बाट नेपालमा व्यवसायी रूपमा फ्लोरिकल्चर सुरू भएको थियो ।  सोही समयदेखि नेपालमा फुलको व्यवसायीक सुरूवात हुदैँ आएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।