शनिबार, वैशाख ८, २०८१

सुरु भयो 'मालिका' र 'चंगा चेट'को भिडन्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- फ्राइडे रिलिजमा यो शुक्रबार पनि दुई नेपाली फिल्मको भिडन्त भएको छ । रेखा थापाको ‘मालिका’ र निर्देशक दिपेन्द्र के खनालको ‘ चंगा चेट’ आजबाट एकसाथ हल लागेका हुन् । 

कमेडी जर्नरमा बनेको फिल्म ‘चंगा चेट’ ले प्रचार प्रसारमा कुनै कसर छोडेको छैन । यो फिल्ममा पशुपति प्रसाद, धनपति जस्ता उत्कृष्ट र फरक विधाका फिल्म निर्देशन गरेका दिपेन्द्र के खनालको निर्देशन रहेको छ । 

बेरोजगार युवा र समसममायिक विषयवस्तुलाई उठान गरिएको यस फिल्ममा मल्टिस्टार रहेको छन् ।  बलियो विषयवस्तु र कमेडी जर्नर र दिपेन्द्रको अघिल्ला फिल्म मेकिङको आधार मै पनि दर्शकलाई हलसम्म तान्नेमा टिम आशावादी रहेको छ । 

चंगा चेटका निमार्ता माधव वाग्ले हुन् । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, संदिप क्षेत्री, सरिता गिरी आदि कलाकार रहेको छन् । 
नारी प्रधान फिल्म ‘मालिका’काे निर्देशन रेखा थापाले  गरेकी हुन् । फिल्मका निर्माता नर बहादुर कार्की हुन् । बालविवाह र महिला सशक्तिकरणमा आधारित यस फिल्ममा जाजरकोटकी  कमला वली प्रमुख भुमिका निभाएकी छिन् । 

कमला वली अहिले ‘टक अफ द टाउन’ भएकी छन् । बलियो विषयवस्तुको उठान रहेको कारण फिल्मले दर्शकमाझ राम्रो प्रभाव पार्नेमा रेखा विश्वस्त छिन् ।  
सुस्ताएको नेपाली फिल्म उद्योगमा छक्का पन्जा ३ लाई दर्शकको राम्रो साथ पाएको छ ।  शुक्रबारबाट रिलिज हुने यी दुई फिल्मलाई भने दर्शकको साथ कति पाउने हो , त्यो भने रिलिज पछि नै थाहा हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्