बुधबार, वैशाख १२, २०८१

कांग्रेसको चियापान आज, एक लाखलाई उतार्ने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत, छठपर्वको अवसरमा शुक्रबार चियापन कार्यक्रमको आयोजना गर्दैछ । पार्टी कार्यालय सानेपामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम दिउँसो १ देखि साझ ५ बजेसम्म चल्ने कांग्रेसले जनाएको छ । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहने छ ।

यस्तै कुटनीतिक नियोगका प्रमुखहरु, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुका संघ–संस्थाका प्रमुखहरु लगायतलाई पनि निमन्त्रणा पठाएको उनले जानकारी दिए । 

आजको कार्यक्रममा एक लाख ब्यक्तिलाई चियापानमा सहभागि गराउने योजनामा आफूहरु रहेको कांग्रेसका मुख्य सचिव पौडेलले बताए । सोहीअनुसार पत्र पठाएको उनले जानकारी दिए । यसअघि कार्तिक १० गते नेकपाले आयोजना गरेको चियापानमा पनि एक लाख व्यक्ति सहभागि गराउने भन्दै उर्दी जारि गरिएको थियो । 

कांग्रेसको केन्द्रीय कार्यालयसंगै शुक्रबार नै देशभरका जिल्ला कार्यालयमा पनि चियापान कार्यक्रम हुँदैछ । कोजाग्रत पूर्णिमाकै दिन कार्यक्रम गर्ने तयारी कांग्रेसले गरेको थियो । तर कांग्रेसका नेता तथा पूर्वपूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको निधनको शोकमा उक्त कार्यक्रम कात्तिक १६ गतेका लागि सारिएको हो । नेता बास्तोलाको गत असोज २७ गते राति निधन भएको थियो । 

२०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कांग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।