शुक्रबार, वैशाख ७, २०८१

धनुषाको हंसपुर नगरपालिकाका मेयरमाथि हातपात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि हातपात भएको छ । आफ्नो कार्यकक्षमा बसिरहेका बेला मेयर मण्डलमाथि बुधबार हातपात भएको हो।

आफूमाथि उपभोक्ता समितिका अध्यक्ष हंसपुर–४ बस्ने रामहृदय मण्डल र स्थानीय दीपनारायण यादवले हातपात गरेको भन्दै मेयर मण्डलले विहिबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरेका छन् । यसैगरी मेयर मण्डललाई हातपातबाट बचाउने क्रममा स्थानी विजय मण्डललाई पनि चोटपटक लागेको छ।

मण्डलले जाहेरी दर्ता गरे लगत्तै प्रहरीले दुबै आरोपीविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको बताइएको छ। बाटो ग्रभेल गरेको लामो समय बितिसक्दा पनि मेयर मण्डलले भुक्तानी दिन नमानेपछि उपभोक्ता समिति अध्यक्ष यादव उनीविरुद्ध खनिएका हुन्।

विगत अषाढमै ग्रभेलको काम सकिएपनि मेयर मण्डलले भुक्तानी दिन नमानेको उनको आरोप छ। तर मेयर मण्डलले भने काममा त्रुटी गरेको शंका लागेका कारण केहि उपभोक्ता समितिको भूक्तानी रोकिएको र छानबिनपछि मात्र भुक्तानी दिने निर्णय भएको बताएका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।