शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विश्‍व बैंकले भन्यो, 'वैदेशिक लगानीको बाधक सरकारकाे नीति हो'

विश्‍व बैंकले भन्यो, 'वैदेशिक लगानीको बाधक सरकारकाे नीति हो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्व बैंकले नेपालमा वैदेशिक लगानीको वाधक सरकारकाे परम्परागत नीति रहेको निश्कर्ष प्रस्तुत गरेको छ।  भित्रन नसक्नुको कारण सरकारको वैदेशिक नीति रहेको बताएको छ। बैंकले राजधानीमा बिहीबार सार्वजनिक गरिएको नेपालको विकासको पछिल्लो आवस्था तथा वित्तिय सबलीकरणसम्बन्धी  रिपोर्टमा यस्तो निश्कर्ष पेस गरिएको छ।  कार्यक्रममा बंलादेश, भुटान र नेपालको कन्ट्री डाइरेक्टर चीमीयाओ फाँले नगन्य प्रत्यक्ष वैदेशिक लगानीको कारणले नेपाललाई विश्व बजारमा एकिकृत ढंगले अगाडी बढ्न वषौंदेखि समस्या परिआएको बताए ।

उनले नेपालमा वैदेशिक लगानी प्रभावकारी रुपमा भित्राउनका लागि अनुकुल राजनीतिक र कानुनी वातावरण हुनुपर्नेमा जोड दिए। ‘वैदेशिक लागनी भित्रन नसक्नुको मुख्य कारण सरकारको वैदेशिक नीति हो,’ उनले भने ‘साथै दिगो कुल गार्हस्थ उत्पादन(जीडीपी) वृद्धिमा दिगो सुधारको लागि विद्यमान प्रत्यक्ष वैदेशिक लगानी बारेको वैदेशिक नीतिलाई आमुल परिवर्तन नगरि नहुने अवस्था देखिन्छ ।’

उनकाअनुसार नेपालको आर्थिक विकासको लागि आवश्यक पर्ने आर्थिक सहायता कोषहरुको विकास, नविनतम् खोज र अन्वेशनसँग भरपूर मदत लिनुपर्दछ ।

विकासमा निजी लगानी एकिकृत गर्न चुनौती  

कायर्यक्रममा अधिकारीहरुले नेपालकाे विकासमा निजी लगानी एकिकृत गर्न चुनाैती रहेकाे अाैल्कायाए।  नेपालकाे विकासकाे लागि सार्वजनिक निजी साझेदारी (पीपीआई) सम्बन्धी कानुनहरुको निर्माण गर्दै, पर्यटन, कृषिसँग जोडिएका व्यवसायहरु लगायतको सम्बद्र्धन प्रवर्धन गर्नु पर्ने सुझाब विश्व बैंकले दिएकाे छ ।

यो पनि पढ्नुहोस्, विश्‍व बैंकको सूचीमा नेपाल पाँच स्थान खस्‍कियो

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले मुलुकको विकासलार्इ ध्यानमा राखेर समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य हासिल गर्नका लागि सरकार लागि परेकाे बताए । उनले उच्च स्तरीय लगानी, उत्पादनशीलतालाई जोड दिदै सार्वजनिक संस्थानहरुलाई निजी क्षेत्रबाट स्रोत साधन परिचालन गर्न लगाउनु पर्नेमा जोड दिए ।

‘सरकारले लगानीको उचित वातावरणलाई थप सवल बनाउने काममा मदत गर्न आवश्यक नीति तथा कार्यविधिहरुलाई सुधार गर्दै आगाडी बढिरहेको छ,’ उनले भने ‘नेपालले औद्योगिक विकासलाई सवलिकरण गर्नको निमित्त आउदो मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने योजान पनि गरिरहेका छौं ।’  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्