शुक्रबार, वैशाख ७, २०८१

गुड्न थाल्यो प्रदूषण सफा गर्दै चल्ने बस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनसंख्याको चाप बढेसँगै विश्व भर वातावरण प्रदूषणको समस्या पनि बढ्दो छ । यसलाई न्यूनिकरण गर्न वाावरणका क्षेत्रमा काम गर्ने, वैज्ञानिक तथा उद्योगी व्यवसायी पनि लागि परेका छन्। 

वातावरणको प्रदूषण बढेका कारण उत्पन्न जलवायु परिवर्तनको समस्याले विश्वलाई जकड्याएको छ। वातावरण संरक्षणमा जुटेका अभियन्ताका धेरै प्रयास विफल भइरहेका बेला ब्रिटेनमा भने वातावरणलाई सफा बनाउने नयाँ अभियान सुरु भएको छ।

ब्रिटेनको सबैभन्दा ठूलो बस र रेल अपरेटर ग्रुप ‘गो अहेड’ ले पहिलो पटक ‘एयर फिल्टर बस ‘ब्ल्युस्टार’ बनाएको छ। जसले बस सञ्चालन भएका क्षेत्रमा उत्पन्न प्रदूषित हावालाई सफा गर्दै अघि बढ्छ।

कसरी हुन्छ वातावरणको सफाइ

गो अहेडले निर्माण गरेको एउटा बसले एक वर्षमा २५ ओलम्पिक स्विमिङ पुलको आकार बराबर मात्राको हावाको सफाई गर्नसक्छ । यस बसको छतमा एयर फिल्टर लगाइएको छ। जसको मद्दतबाट चलिरहेको बसले वरपरको वातावरणको हावा सफा गर्दछ । कम्पनीका अनुसार सडकमा चल्ने वषले वरपरको ९९.५ प्रतिशत हावा सफा गर्छ। 

बसको छतमा लगाइएको फिल्टर बसको टायर, ब्रेकबाट उड्ने धुलो, सडक र वरपरका हावामा रहेको फोहोर धुलोलाई छानेर सानो कणलाई सञ्चय गर्दै सफा हावा मात्र बाहिर फ्याक्छ । 

गो अहेडका प्रमुख डेविड ब्राउनका अनुसार यो बसलाई वातावरण प्रदुषण समस्या समाधानको ठुलो उपायको रुपमा लिन सकिन्छ । यो बसले १० मिटर उचाईसम्मको हावा सफा गर्नसक्ने क्षमता राख्दछ । 

परीक्षणका लागि यो बस सञ्चालनमा आएको छ । तीन महिनासम्म परीक्षण गरिने यो बस साउथैम्पटन सहरमा सञ्चालित छ। बस प्रयोगपछिमात्र त्यहाँ जडान गरेको फिल्टरले कति फोहोर तथा धुलो संकलन गर्छ भनेर हेर्न सकिने कम्पनीले जनाएको छ । 

तीन महिनासम्म बसको परीक्षणपछि प्राप्त सफलताका आधारमा अरु बस सञ्चालन गर्ने योजना बनाइएको ब्ल्यूस्टार बस सञ्चालनको परिक्षण सफल भएको अवस्थामा चार हजार ६ सय बसमा एयर फिल्टर लगाउजे थयनरी गरिएको गो अहेडका प्रमुख ब्राउनले बताए । बसको सफल परीक्षण भए सन् २०२० सम्ममा साउथैम्पटनलाई ‘क्लियर एयर’ जोन बनाउन मद्दत गर्नें पनि उनले दाबी गरे ।

यो बसको सफल परीक्षण गरी नेपाल जस्तो मुलुकमा पनि सञ्चालन गर्न सके प्रदूषित वातावरण न्यूनिकरण गर्न मद्दत पुग्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।