बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भैरहवामा अन्तराष्ट्रिय उडानपछि प्रदेश ५ मा मोनोरेल र बिजुली बस

भैरहवामा अन्तराष्ट्रिय उडानपछि प्रदेश ५ मा मोनोरेल र बिजुली बस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा-प्रदेश नम्बर ५ मा प्रदेश स्तरीय विद्यूतीय बस सेवा सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको छ । 

५ नम्बर प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीका अनुसार निजी क्षेत्रको संलग्नतामा अबको एक वर्षभित्र लुम्बिनी बुद्ध सर्किटमा मोनोरेल र बिजुली बस सञ्चालन हुनेछन्।

भैरहवाको एअरपोर्ट शुरु भएपछि प्युठानको स्वर्गद्धारी, बर्दियाको ठाकुरद्धारा र नवलपरासीको रामग्रामसम्म सिधा पर्यटकीय बिजुली बस सञ्चालन गर्ने उनले बताए ।

प्रदेश सरकारले पहिलो फेजमा भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म मोनो रेल सञ्चालन गर्ने पनि बताए। उनले भने, ‘दोस्रो फेजमा लुम्बिनीदेखि तिलौराकोटसम्म र तेस्रो फेजमा लुम्बिनीदेखि रामग्रामसम्म मोनोरेल सञ्चालन गर्नेछौं।’


मोनोरेल र बिजुली बसको विषयमा सरकारले गुरुयोजना सहितको कार्यक्रम निर्माणको काम थालेको पनि उनले बताए । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भईरहेको चौधरीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रिय समितिले थालेको ‘अतिथि देवो भवः राष्ट्रिय अभियान’को पश्चिम नवलपरासीको सुनवलमा आयोजित जिल्ला स्तरीय साक्षात्कार कार्यक्रममा मन्त्री चौधरीले समृद्धिको आधार नै पर्यटन र कृषि भएकोले यीनै क्षेत्रको प्रवद्र्धनमा प्रदेस सरकार लागिरहेको बताए ।

कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पर्यटकलाई सुरक्षाको प्रत्याभुति राज्यले गर्ने भन्दै बाह्रय पर्यटकलाई आकर्षण गर्न देशमा रहेका संस्कार, संस्कृतिको अधिकतम प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने उद्घोषका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकोले सरकारको यो योजना सफल पार्नु सवैको दायित्व हुने भन्दै नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले सरकारको यो अभियानमा हातेमालो गर्न महासंघले अहिले देशका ७७ वटै जिल्लामा अतिथि देवो भवः राष्ट्रिय अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले नवलपरासी जिल्ला पर्यटनको हिसावले प्रचुर सम्भावना रहेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।