काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको मैत्रीपूर्ण निमन्त्रणामा कतारमा रहेका नेपाल उद्योग परिसंघका अधिकारीहरुले कतारका उद्याेगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
कतारस्थित विभिन्न उद्योग प्रतिष्ठानका उद्याेगी-व्यवसायीहरुको सहभागितामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा संघका अध्यक्ष शर्माले कार्यपत्र प्रसतुत गर्दै नेपालमा व्यापार व्यवसायको प्रचुर सम्भावना रहेको भन्दै कतारका उद्याेगी व्यवसायीहरुलार्इ नेपालमा व्यवसाय तथा लगानी गर्न आग्रह गरेका हुन् ।
मुलुकले नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार आएको, आर्थिक वृद्धिको प्रचुरतम् सम्भावना रहेको लगायतको सम्बन्धमा उनले प्रस्तुति दिएका थिए । सो अवसरमा उनले नेपालको पूँजी बजारमा सूचीकृत भएका केही सफल कम्पनीहरुको बारे जानकारी गराएका थिए ।‘नेपालमा कृषिजन्य उद्योग, खाद्य प्रशोधनका साधन, औषधी र वायोटेक लगायत क्षेत्रमा लगानीको राम्रो सम्भावना छ,’उनले भने ।
त्यस्तै उनले विगत दुई वटा नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भइसके भन्दै नेपालमा निर्माण हुने विभिन्न विमानस्थलको विकास, राजमार्ग, हेटौँडा-काठमाण्डौं टनेल हाइवे, विभिन्न शहर जोड्ने एक्सप्रेस वेज लगायतमा लगानीको अवसर रहेको जानकारी गराएए ।
रेल यातायातको क्षेत्रमा पूर्व पश्चिम विद्युतिय रेल, पोखरा काठमाण्डौं रेल्वे लगायत क्षेत्रमा लगानी गर्न कतारका उद्याेगी व्यवसायीलाई उनको आग्रह छ ।
यीबाहेक नेपालमा पर्यटन ट्रेकिङ्ग, पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर र्याफ्टिङ्ग र धार्मिक पर्यटन प्रमुख रहेको भन्दै होटल, क्यासिनो, फनपार्क, शाहसिक पर्यटन लगायतमा समेत लगानी गर्न अनुरोध गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४