शनिबार, वैशाख ८, २०८१

सरकार रामविलास हत्याका अपराधी जोगाउन लाग्‍यो : निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाही रामनगर घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरिए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

मंगलबार नेकपा कार्यकर्तासँगको झडपमा कांग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएपछि बुधबार मलंगवा पुगेको निधिले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

बदनीयत र दुरासयपूर्ण नियतले कम्युनिस्ट कार्यकर्ताहरुले रामविलास महतोको हत्या गरेको भन्दै उपसभापति निधि यस घटनाप्रति नेपाली कांग्रेस गम्भीर रहेको उल्लेख गरे।

अपराधीको पहिचान भइसके पनि कोही पक्राउ नपर्नु प्रहरीको भूमिकामाथि प्रश्नचिन्ह खडा गरेको निधिले बताए। ‘घटनाका घाइतेहरु आक्रमणकारीको नाम भनिरहेका छन्,’ निधिले भने,‘क–कसले आक्रमण गर्‍यो प्रहरीलाई सबै कुरो थाह छ, तर अहिलेसम्म कोहि पक्राउ पर्न सकेको छैन् ।’ 

सरकारको दबाबमा अपराधीलाई जोगाउने काम भइरहेको भन्दै निधिले तत्काल दोषीमाथि कारबाही नगरिए कांग्रेस आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।
 
यसअघि काठमाण्डौंबाट सर्लाही सदरमुकाम मलंगवा पुगेका कांग्रेस उपसभापति निधिसहितका नेताहरु अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। यसैगरी घटनाको विरोधमा मलंगवमा निकालिएको विरोध प्रदर्शनमा समेत केन्द्रीय नेताहरु सहभागी भएका थिए।

घटनाबारे जानकारी लिन कांग्रेस उपसभापति निधिसहित प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, राष्ट्रियसभा सदस्य जितेन्द्र देव, सांसद अमरेश कुमार सिंह, प्रदेश २ का आठै जिल्लाका कांग्रेस सभापतिसहितका नेताहरु मलंगवा पुगेका थिए।

दोषीलाई कारबाहीको दायरमा ल्याउन प्रदेश २ का आठै जिल्लाका जिल्ला प्रशासनमा नेपाली कांग्रेस विहिबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ।

मंगलबार बिहान नेकपासँग भएको झडपमा कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो । साथै झडपमा परी चारजना घाइते भएका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।