शनिबार, वैशाख ८, २०८१

स्याङजामा हुने विश्वकप प्याराग्लाइडिङमा ३० राष्ट्र भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा–नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ। कार्तिक १५ देखि १८ गतेसम्म स्याङजाको भीरकोट नगरपालिका ५ स्वरेकमा आयोजना हुने वल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडिड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरेको हो ।
पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङजाको भिरकोटमा आयोजना गरिएको हो। 

वल्र्ड कप गर्नको लागि प्याराग्लाइडिङ उडान (टेकअफ) को लागि कम्तिमा ४०/४० मिटर र अवतरण (ल्याण्डिङ) को लागि १००/१०० मिटर जग्गा आवश्यक भएकाले उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसक्दा पोखराको विल्कपमा स्याङजाको भिरकोट छानिएको हो।

बिहीवारबाट सुरुहुने नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजनाको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए। 

पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भिरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेको श्रेष्ठले जानकारी दिए। ‘खेल धेरै विधाहरुमा हुन्छ,’ उनले भने, ‘पुरुष र महिला एकल र सामूहिक गरि पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।’ 

चार दिन सम्म हुने एक्युरेसी प्याराग्लाईडिङमा स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ को डौंवा फाँटमा अवतरण गर्ने गरी तयारी भैरहेको छ। तोकिएको ठाउँबाट उडेर तोकिएको निश्चित घेराभित्र अवतरण गर्ने कार्यलाई एक्युरेसी भन्ने गरिन्छ । स्वर्ण, रजत र काँस्य गरी ४० पदक र ४ वटा वल्डकप ट्रफीका लागि महिला एवं पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिएकाहरु मध्ये छनौंट गरेर मात्रै प्रतियोगितामा सहभागी गराईने बाबु एड्भेन्जर क्लबका सानुबाबु सुनारले बताए । ‘प्रतियोगिता हुने क्षेत्रमा हवाई मार्ग नपर्नु अर्को राम्रो पक्ष हो।’ सुनारले भने ‘यहाँको मौसम एघार महिना राम्रोसँग उड्न गर्न सकिने खालको र हावाको बहाव संगै मनमोहक हिमाल राम्रोसंग देखिने भएकाले यो स्थान प्याराग्लाईडिङका लागि उत्कृष्ट गन्तब्य हुने अपेक्षा गरेको छु।’ 

‘स्याङ्जामा पहिलो पटक प्याराग्लाईडिङको विश्वकप गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।’ जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवं प्रतियोगिता मुख्य समन्वय समिति संयोजक सीता सुन्दासले भनिन ‘प्रतियोगितालाई सफल पार्न हामीले जिल्लाका ११ वटै स्थानीय तहसंग समन्वय गरी तयारी तीब्र पारेका छौ।’

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत र पाकिस्तानलगायत ३० देशका खेलाडीले सहभागिता जनाउने छन्। 

सो प्रतियोगितामा १५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्। यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक हात पार्ने छन्। 

प्रतियोगी खेलाडीहरु एउटै घेरामा ६ पटक खस्नुपर्ने छ । आकाशमा उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुल्ला ठाउँमा एउटा घेरा बनाईएको छ। हरेक खेलाडी आकाशमा ६ पटक उड्नुपर्नेछ । उनीहरुले ६ पटक नै उक्त घेराभित्र प्याराग्लाइडिङ ल्याण्ड गर्नुपर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।