बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सर्लाही झडप प्रकरणः कांग्रेस उपसभापति निधिसहितका नेता घटनास्थलमा

सर्लाही झडप प्रकरणः कांग्रेस उपसभापति निधिसहितका नेता घटनास्थलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- सर्लाहीको रामनगरमा नेकपा कार्यकर्तासँगको झडपमा कार्यकर्ताको मृत्यु भएपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहित कांग्रेसका नेताहरु मलंगवा पुगेका छन्। मंगलबार बिहान नेकपासँग भएको झडपमा कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो ।

उपसभापति निधिसहित कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, राष्ट्रियसभा सदस्य जितेन्द्र देवलगायतका नेताहरु सर्लाही पुगेका हुन्। यसैगरी प्रदेश २ को आठै जिल्लाका पार्टी सभापतिहरु पनि घटनाका विषयमा जानकारी लिन सर्लाही पुगेको बताइएको छ ।

सर्लाही पुगेका उपसभापति निधिसहितका कांग्रेस नेताहरु मलंगवा अस्पतालमा झडपका घाइतेहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्थाको विषयम जानकारी लिएका छन्।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई घटनाबारे जानकारी लिन सर्लाही पुग्न निर्देशन दिएका थिए।

घटनाको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको तयारी छ। विरोध प्रदर्शनमा राजधानीबाट पुगेका नेताहरुको भाग लिने कार्यक्रम रहेको बताइएको छ।

यसैगरी प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल पनि मलंगवा पुगेका छन् । पालका अनुसार मलंगवाको अवस्था शान्तिपूर्ण छ । व्यापक परिचालन भएकाले कुनै समस्या नआउने नेपाल समयलाई उनले बताए ।

गोली चलाउनेको पहिचान

झडपमा गोली चलाउने व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले गोली चलाउने व्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी कार्य तीव्र पारिएको बताए । 

स्रोतका अनुसार अभियुक्त पक्राउ गर्न प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि सर्लाही पुग्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।