बुधबार, वैशाख १२, २०८१

छठपछि कर्मचारीले सिंहदरबार घेर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाण्डौं- सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै पछिल्लो समय आन्दोलन चलिरहेको छ । 

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सरोकारवला कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । 

कार्यक्रममा नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए । 

राउतले २०/२५ वर्षसम्म काम गरेका कर्मचारीहरुलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए । ‘छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ,’ उनले भने ‘हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबारभित्र लग्ने छौं ।’ 

त्यस्तै आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने बताए । 

सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिए पनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे । 

कार्यक्रममा नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले समस्या निम्तिएको तर्क गरे । 

सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधा नगर्नुपर्ने बताए । 

‘अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौताअनुसार भर्ना गरिएको हो, सरकारले सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ,’ सुनुवारले भने ‘सबै खाले कर्मचारीको उचित कदर गर्नु पर्छ ।’ 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्