शुक्रबार, वैशाख १४, २०८१

यसरी फेल भयो ‘हाइप्रोफइल हत्या’ योजना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रातो टिसर्टमा समीरमान बस्नेत, माथिबाट क्रमश: लोप्साङ भनिने सोम तामाङ, रोशन बुढाथोकी र कालेदार्इ भनिने अमर राना मगर
काठमाडौं- हाइप्रोफाइल हत्या योजना विफल पार्न प्रहरीले निक्कै लामो अपरेशन गर्नुपर्‍यो। निर्माण व्यवसायी शरदकुमार गौचनका मुख्य योजनाकार सीमरमान बस्नेत‍ समातिएपछि हाइप्रोफाइल हत्याको डरलाग्दो सूचना प्रहरीले प्राप्त गर्‍यो। त्यसको पर्दाफास गर्नेक्रममा प्रहरीका केही अनुमान र आशंकाहरु फेल खाए।

नेपालमामात्र होइन भारतका थुप्रै स्थानहरूमा पुगेर प्रहरीले गोप्य अपरेशन चलायो। समीरमानलार्इ पक्राउ गरेको झन्दै एक वर्षपछिमात्र प्रहरीले हाइप्रोफाइल हत्याको सुइको पायो। यसरी हाइप्रोफाइल हत्या योजनालार्इ विफल पार्न एक वर्ष लाग्यो।

आपराधिक गतिविधिविरुद्ध विशेष अभियान चलाएको प्रहरीले‘हाइप्रोफाइल हत्या’योजनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। 

प्रहरीकै जासुरी संयन्त्रले दिएको गोप्य सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उच्च ओहदामा रहेका नेपालीहरूको हत्या योजना बनाउने मुख्य योजनाकारमा रुपमा रहेका सीमरमान बस्नेतलाई पक्राउ गरेपछि नेपालमा श्रृखलाबद्ध रुपमा हाइप्रोफाइल हत्या योजना बनिरहेको रहस्य सार्वजनिक भएको हो।

निर्माण व्यवसायी शरदकुमार गौचन तथा रुपन्देहीका तत्कालीन युवासंघका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार समीरमानले नख्खु कारागारबाट बनाएको योजनाबारे नेपाल समयले गत असोज १९ गते पर्दाफास गरेको थियो।

केही शंकास्पद प्रहरी अधिकारी तथा शक्ति केन्द्रको सहयोगमा समीरमानले काठमाडौंमा हाइप्रोफाइल हत्या सफल पार्ने र सुरक्षा व्यवस्था खलबल्याउने योजनालाई महानगरीय अपराध महाशाखाले सोमबार विफल बनाएको छ।

समीरमानले तयार पारेको हाइप्रोफाइल हत्या गर्न 'सापसुटर'का रुपमा कालेदार्इ भनिने अमर राना मगर, लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकीलाई जिम्मा दिएका थिए। यी तीनैजनालाई सोमबार झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ। हाइप्रोफाइल हत्याकै लागि प्रयोग भएका गंगा लिङदेल र अजय थापा अझैसम्म फरार छन्।

मगर तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई ०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित प्रयाग चोकमा गोली प्रहर गर्ने सार्प सुटर हुन। त्यस्तै लोप्साङले दुर्गा तिबारीको हत्या गरेका थिए। रोशन बुढाथोकी नेपाली सेनाका भगौडा सिपाही हुन्। 

इलामको कालीबहादुर गणमा कार्यरत बुढाथोकी आफुले पाउने रकमसमेत नलिई सेनाबाट भागेका थिए। बुढाथोकी गुण्डा नाईके समीरमान समुहमा सार्प सुटरको रुपमा काम गर्दै आएका थिए।

पछिल्लो समय उपत्यकामा दुई ठुला हत्यापछि सुरक्षाको प्रश्न उठाउँदै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल तथा गृहमन्त्री रामबहादुर थापालाई हटाउन केही शक्तिकेन्द्रलेसमेत समीरमानलाई प्रयोग गरेको जासुसी संयन्त्रले पत्ता लगाएको छ।

समीरमानको योजना अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा काँकरभिट्टाबाट पक्राउ परेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ। तीन अभियुक्तलाई पक्राउ गर्न परिचालित टोलीको कमाण्ड प्रहरी नायब उपरिक्षक रुगम कुवरले गरेका थिए। कुँवर नेपाल प्रहरीमा सफल अनुसन्धानकर्ताका रुपमा परिचित छन्। 

गौचन हत्या पश्चात भारतका विभिन्न स्थानमा लुकेर नेपालका व्यवसायी तथा व्यापारीलाई धम्याउदै आएका उनीहरूलाई महाशाखाले सुक्ष्म रुपमा निगरानी गरिरहेको थियो। अपराध महाशाखाका डिएसपी कुँवर, प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्द, प्रशन्न मल्ल तथा अजय खनालसहितको टोलीले नियन्त्रणमा लिएका तीनै जनाले आपराधिक गतिविधिमा संलग्न भएको आरोप स्वीकार गरेका छन्।

नेपाल समयसँगको कुराकानीमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उपत्यकामा हाइप्रोफाइल हत्याको योजना बनाईरहेको सुचना पाएपछि उनीहरूमाथि निगरानी बढाइएको बताए। ‘महानगरीय अपराध महाशाखालाई हाइप्रोफाइल हत्याको सुचना आएपछि उनीहरूमाथि निगरानी बढाउदै सुरक्षा व्यवस्था कडा पारेका थियौं,’सिंहले भने, ‘उनीहरू भारतबाट नेपाल आएको सूचना पाएलगत्तै हामीले नियन्त्रणमा लिन सफल भयौं।’

काठमाडौंको गैरीधारमा गुण्डा नाइके दावा लामा र सतुङगलमा प्रहरीको इन्काउन्टरमा मारिएका अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’माथि गोली प्रहार गर्ने समूहमा पनि उनीहरू तीनैजना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

झापा बिर्तामोड-५ का लोप्साङ तामाङ्ग, काठमाडौ नार्गाजुन नगरपालिका-४ का रोसन बुढाथोकी, उदयपुर रौता-५ का अम्बर बहादुर रानालाई सोमबार पक्राउ गरिएको छ भने, नुवाकोटका राजेश तामाङ्ग, पर्साका शिवजी महतो, भारत बिहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, काठमाडौ नार्गाजुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेवे, पाँचथरका धनराज योङहाङ्ग तथा मुख्य योजनाकार काठमाडौं वाफलका समीरमान बस्नेतलाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ।

उच्च स्रोतका अनुसार समीरमान मार्फत केही प्रहरी अधिकारीहरू मिटरब्याजमा समेत संलग्न छन। अन्य कैदीलाई भेट्ने बहाना बनाई नेपाल प्रहरीका केहि अधिकारी तथा शक्तिकेन्द्र नजिकका व्यक्ति लगातार समीरमानलाई भेटन नख्खु कारागार पुगेपछि उनलाई मुस्ताङको कारागारमा पुर्‍याइएको थियो।

नख्खु कारागारबाट बन्दै गरेको हाइप्रोफाइल हत्या योजना फेल बनाउने उद्देृश्यले शंकास्पद व्यक्तिबाट टाढा राख्न मुस्ताङ्ग पुर्‍याइएको प्रहरी स्रोतको दाबी छ। तर, सीमरमानले भने विभिन्न बाहाना बनाएर फेरि नख्खु कारागार नै फर्किएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।