इंग्ल्यान्ड (एनेन्सी)- इंग्लिस प्रिमियर लिग फुटबलमा गए राती भएको खेलमा उपाधिको दावेदार मानिएको म्यानचेस्टर सिटीले टोटनह्याम हस्टपरलाई पराजित गरेको छ । सिटीले टोटनह्यामलाई १-० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो ।
उस जितसँगै सिटी लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई गोल अन्तरका आधारमा पछि पार्दै शिर्ष स्थानमा उक्लेको हो ।
टोटनह्यामको जितका लागि खेलको एक मात्र निर्णायक गोल रियाद महारेजले गरेका थिए ।
घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा रियाद महारेजले खेलको छैटौ मिनेटमा रहिम स्ट्रलिङको पासमा किरियद ट्रिपरको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए ।
महारेजले आफ्नो गोललाई आफ्नो पूर्व क्लब लेस्टर सिटीका मालिक विचाई श्रीबन्दाप्रभालाई समर्पित गरे । प्रभाको आइतबार राति हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनले मालिक प्रति गोल समर्पण गर्दै विचाई आफ्नो बुवा जस्तै रहेको बताएका छन् ।
जितपछि सिटीको १० खेलबाट २६ अंक पुगेको छ । सिटीले १० खेलमध्ये ८ खेलमा जित निकाल्दा २ बराबरी खेलेको छ । २४ अंकसहति चेल्सी लिगको तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४