शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा मासिक दुई अर्ब घाटा 

पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा मासिक दुई अर्ब घाटा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तिहार र छठमा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवक्ता नवराज ढकालले नजिकिदै गएको तिहार र छठमा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएका हुन् ।

अहिले नेपाल आयल निगमले राजधानीमा प्रतिलिटर पेट्रोलको मूल्य ११४, डिजेल र मट्टीतेलको मूल्य १०१ रुपैयाँ तोकेको छ ।

मूल्य समायोजनको अबधि भएपनि महान चाडपर्वलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने उनको भनाइ छ ।

निगमलाई दुई अर्ब घाटा

चाडवार्डकोबीचमा स्वचालित प्रणालीअनुसार अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमलाई मासिक दुई अर्ब ८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता ढकालको भनाइ छ । ‘उपभोक्ताको हितलाई मध्यनजर गरेर सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाएको हो,’ उनले भने ।

उनकाअनुसार अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ८.५० रुपैयाँ, डिजेलमा ९.३२, खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४०४.७३ रुपैयाँ घाटा भएको छ ।

यसैबीच भारतिय सिमा बजारभन्दा नेपालमा प्रतिलिटर पेट्रोलमा २१.८७, डिजेलमा २४.२८ रुपैयाँ सस्तो भएको उनको दावी छ । प्रधानमन्त्रीको निर्देशन बमोजिम पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएकाे प्रवक्ता ढकालले जानकारी दिए ।
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्