बिहीबार, वैशाख ६, २०८१

काभ्रेस्थलीको पाँचौ साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काभ्रेस्थली कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शिक्षासेवी तीर्थप्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहकारी मार्फत समाजमा समृद्धि ल्याउन संस्थाले भूमिका खेल्ने बताइएको छ । 

५० लाख शेयर पुँजी रहेको सहकारीले सदस्यहरुको सीप विकास गरी स्वाबलम्बन बनाउन सिलाईकटाइ तालिम सञ्चालन गर्नुका साथै तालिम लिनेहरुलाई लुगा सिलाउने मेसिन पनि वितरण गरेको थियो । त्यस्तै हाते ट्याक्टर वितरण गरे कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनस्वरुप कृषि मल, विउ पनि वितरण गरेको थियो ।
 
संस्थाका अध्यक्ष रामसुदन भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन संस्थाका सचिव बलराम फुँयालले गरेका थिए । संस्थामा ६ सय शेयर सदस्य रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्