बिहीबार, वैशाख ६, २०८१

पहिलो दिन नै नेप्से उच्च अंकले गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–नेप्से बजार उच्च अंकले गिरावट भएको छ । दशैंपछि पनि लगानीकर्ताहरु नेप्से बजारमा आकर्षित हुन नसक्दा नेप्से परिसूचक उच्च अंकले घटेको हो ।

साताको पहिलो दिन आइतबार नेप्से १३.६२ अंक घटेर एक हजार २२७.४९ बिन्दुमा पुगेको छ । साथै ‘क’ बर्ग कम्पनीको सेन्सेटीभ इन्डेक्स पनि ३.०५ अंकले घटेर २६०.९६ बिन्दुमा पुगेको छ ।

आइतबार १६० कम्पनीको चार हजार ९८५ कारोबारबाट ११ लाख ९७ हजार १०६ पटक शेयर खरिद बिक्री हुदा ३२ करोड ६४ लाख ८३ हजार ६७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल समूहबाहेक सबै समूह राताम्य भइ परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।


ननलाईफ इन्स्योरेन्स सबैभन्दा बढी घट्यो

नेप्से बजारमा आएका दश समूह मध्ये सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक घटेको छ । उक्त समूहको परिसूचक ७९.७३ अंक घटेर पाँच हजार ६२६.४६ बिन्दुमा पुगेको छ । 

त्यसपछि लाईफ इन्स्योरेन्स समूहको परिसूचक ४१.६, बैंकिङ समूहको परिसूचक १५.९१, माइक्रोफाइनान्स समूहको परिसूचक १४.७३, विकास बैंक समूहको परिसूचक १०.१७ अंक घटेको छ ।

हाइड्रोपावर समूहको परिसूचक ९.१९, फाइनान्स समूहको परिसूचक ६.८१, उत्पादनमुलक समूहको परिसूचक ३.७२ र अन्य समूहको परिसूचक १.४१ अंकले घटेको छ ।
यसैबीच होटेल समूहको परिसूचक भने ०.११ अंकले बढेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्