पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई जितका लागि १ सय ५१ रनको लक्ष्य सुम्पेको छ । बुटवलले भिम सार्कीको अर्धशतकको मद्दतमा पोखरालाई मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५० रन बनाएको हो । बुटवलका भिमले ४६ बलमा दुई चौका र तीन छक्ककाको मद्दतमा ५४ रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामीले ८ बलमा बिस्फेटक ब्याटिङ गर्दै दुई चौका र एक छक्काको मद्दतमा २२ रन जोडे । रोहन मुस्तफाले ४५ रन जोडे । उनले ३५ बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ४५ रन जोडे ।
सिद्धान्त लोहनिले १३ जोडेका हुन् । पेखराका लागि मोहमद नाभिदले दुई विकेट लिदाँ, महबुब आलम, ललितराज वंशी, शरद भेसवाकरले समान एक एक विकेट लिए । केही बेरमा पोखराले जवाफी ब्याटिङ गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४