बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेमा जीप दुर्घटना: डिआइजीसहित तीनको मृत्यु, तीन घाइते

काभ्रेमा जीप दुर्घटना: डिआइजीसहित तीनको मृत्यु, तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काभ्रे-  काभ्रेको मण्डन देउपुर नगरपालिका-६ हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

जिप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काभ्रे प्रहरीका एसपी रविराज खड्काले जानकारी दिए अनुसार डिआइजी शुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अन्‍य दुर्इ जनाको भने घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते भएका छन्।  घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।