शुक्रबार, वैशाख १४, २०८१

धनुषामा पतिको कुटाइबाट पत्‍नीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- धनुषामा पतिले आफ्नो पत्नीको हत्या गरेको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-४ सपही बस्ने २८ वर्षीय संजय यादवले आफ्नी २४ वर्षीया पत्नी रुबी ठाकुरलाई कुटपिट गरी हत्या गरेका हुन्।

संजयको कुटपिटबाट पत्नी रुबीको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। संजयले कुटपिट गरेपछि रुबी वेहोस भएकी थिइन्। पत्नीलाई वेहोस अवस्थामा छोडेर संजय डाक्टर बोलाउन गएका थिए ।

डाक्टरले उपचार गर्दा होसमा आएपनि एक छिनपछि रुबी मृत्यु भएको डाक्टरको भनाइ उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताए। कुटपिटबाट पत्नी गम्भीर घाइते भएको थाह पाएपछि डाक्टर बोलाउन गएका संजय उतैबाट फरार भएका छन् ।

स्थानीयवासीका अनुसार पछिल्लो तीनचार दिनदेखि श्रीमान् श्रीमतीबीच विवाद हुँदै आएको र संजयले रुवीलाई कुटपिट गर्दै आइरहेका थिए । रुवीको श्रीमान्को कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले बताए । शाहीका अनुसार संजयको खोजतलाशलाई तिव्र पारिएको छ।

धनुषाका मिथिला विहारी नगरपालिका-७ तारापट्टीका रामप्रगास ठाकुरकी छोरी रुवीको ६ वर्षअघि सामाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासाका संजय ठाकुरसँग विवाह भएको थियो। तर, विवाह भएको एक वर्ष नबित्दै रुवी भागेर लक्ष्मीनिया गाउँपालिका-४ सपहीका संजय सँग भागेर अन्तरजातीय विवाह गरेकी थिइन्।

रुवीले अर्को विवाह गरेपछि माइतीसँग उनको सम्बन्ध बिग्रेको थियो। रुवीले भागेर विवाह गरेपछि माइती आवतजावत समेत बन्द भएको रुवीका भाइ विनोद ठाकुरको भनाइ छ।

शुक्रबार साँझ रुवीको हत्या भएको कुरा छिमेकीहरुले खबर गरेपछि आफूहरुले थाह पाएको विनोदले बताए । केहि दिनअघि रुवीले आफ्नो गरगहना बेचेर सबै पैसा राखेको थाह पाएपछि संजयले पैसा लिन उनलाई कुटपिट र यातना दिँदै आएको माइतीपक्षको आरोप छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।